स्याङ्जा काँग्रेसको प्रबक्तामा लम्साल

पोखरा हटलाइन,

नेपाली काँग्रेस स्याङ्जाको प्रबक्ताको जिम्मेवारी भरत प्रसाद लम्सालले पाएका छन् । स्याङ्जा काँग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रबक्ताको जिम्मेवारी दिएका हुन् ।

नेपाली काँग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५)को दफा १२ को उपदफा ५ ख (२) र उपदफा७ (ङ्) द्धारा प्राप्त अधिकार प्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रबक्ताको जिम्मेवारी दिएका छन् ।

राजनीतिक शास्त्र र अर्थशास्त्रमा एम.ए. गरेका लम्साल स्याङ्जा काँग्रेसमा बौद्धिक नेताका रुपमा लिइन्छ । २०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थालेका लम्साल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष छन् । जिल्ला सदरमुकाम निवासी लम्साल जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।

१४ औं महाधिबेशन अन्र्तगत स्याङ्जा जिल्लाको सभापतिमा निर्वाचित संविधानसभाका सदस्य समेत रहेका राजु थापाले औपचारिक रुपमापार्टीको आन्तरिक कामलाई तिव्रता दिएका छन् । चुनावी प्रक्रियामा देखिएका चुनौतीहरुलाई अन्त्य गर्नका लागि सक्दो प्रयास गर्ने पनि सभापति थापाले बताएका छन् ।

पार्टीको पहिलो बैठकबाट नै संगठन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रयास भएको स्याङ्जा काँग्रेसका जिल्ला सदस्य घनश्याम रिजालले बताए । संगठनलाई तिव्रता दिनका पहिलो चरणमा जिल्लाका ११ वटै पालिकामा प्रशिक्षण कार्यक्रम राख्ने तयारी गरिएको रिजालले जानकारी दिए ।

Comments are closed.