हो, “राजनैतिक चेतनाको दियोले नै सामाजिक अन्धकार लाइ हटाउन सक्छ। तर शिक्षाको दियो निभाएर राजनैतिक चेतनाको दियो कहिल्यै बाल्न सकिन्दैन” । शुरुमै बुझ्नु पर्ने कुरा के हो भने शिक्षाको ज्ञानरुपी तेल बाट नै राजनीतिको चेतना रुपी दियो चम्किलो बल्छ । शिक्षा बिना कुनै पनि चेतनाको दियो बल्न सक्दैन । नेपाली बिद्यार्थी आन्दोलनको जग “जयतु संस्कृतम्” लाई हेर्दा पनि यहि बुझिन्छ । “जयतु संस्कृतम्” आन्दोलन वि। सं। २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो। यस आन्दोलनको नेतृत्व श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मीजस्ता प्रतिभाशाली बिद्यार्थीले गरेका थिए। शुरुमा यो आन्दोलनको उधेश्य राजनैतिक परिवर्तन भन्दा पनि शैक्षिक परिवर्तन थियो। तर निरंकुश राणा शासकहरूलाई बिद्यार्थीका शैक्षिक माग मन परेन र विद्यार्थी उपर दमन गर्न थाले । तब मात्रै शैक्षिक परिवर्तनका लागि थालिएको आन्दोलन राजनैतिक परिवर्तनको आन्दोलनमा मोडियो ।
त्यसपछि निरंकुशताको बिरुद्ध र स्वतन्त्रताको लागि भएका कुनै पनि ‘जन आन्दोलन रएभयउभि’क ःयखझभलत मा नेपालका विद्यार्थीले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनिय छ । ‘जहानियाँ राणा शासन, अलोकतान्त्रिक पञ्चायती व्यवस्था, जनताको बिस्वास गुमाएको राजतन्त्रका बिरुद्ध तथा लोकतान्त्रिक पद्धति अनुसार नै बनेका सरकारले चालेका अलोकतान्त्रिक कदमका बिरुद्ध नेपालका बिद्यार्थीले सधै आफुलाई अग्रगामी मोर्चामा उभ्याउनु’ जस्ता कुराले नेपालका विद्यार्थीमा राजनैतिक जोशको स्तर उच्च छ भन्ने कुरा प्रमाणित गरेको छ ।
बिभिन्न मोडहरु पार गर्दै नेपाल अहिले लोकतान्त्रिक गणतन्त्रको खुल्ला मैदानमा आई पुगेको छ । तर एकातिर हाम्रो राजनिती आफैंमा गुम्सिएको छ भने अर्को तर्फ हामी बिद्यार्थीले चाहीं आफु हिंड्ने बाटो नै बिराएका छौं । बिद्यार्थीको लागि यो समय राजनैतिक लडाईको होईन शैक्षिक बिकास को हुनु पर्थ्यो । शैक्षिक क्षेत्रमा देखिएको ‘ऊरांठ लाग्दो बाताबरण’ ९न्यियmथ भ्लखष्चयलmभलत० लाई सुमधुर शैक्षिक बातावरण ९क्धभभत ब्अबमझष्अ भ्लखष्चयलmभलत० निर्माण गर्न बिद्यार्थी सङ्गठनहरुले आ(आफ्नो कार्य योजना पेश गरेर बहुसंख्यक बिद्यार्थीको मन(मस्तिस्क जितेर ‘स्वतन्त्र बिद्यार्थी यूनियन ‘स्ववियु’ ९ँचभभ क्तगमभलतक ग्लष्यल० को निर्माण गर्नु पर्थ्यो । तर हाम्रा बिद्यार्थी सङ्गठनहरु यसमा नराम्रो गरी चुके ।
हाम्रा अग्रजहरुले स्ववियुको परिकल्पना विश्वविद्यालयको गरिमालाई धुलो चटाउन गरेका थिएनन् । स्ववियुको स्थापना शिक्षा लाई युग सुहाउँदो एवं आधुनिक, बैज्ञानिक तथा व्यवाहारिक बनाउन प्रभावकारी भूमिका खेल्दै विद्यार्थीका सामुहिक समस्या लाई हल गर्न विशेष पहल गर्दै सबै बिद्यार्थीको साझा सँस्था बनाउने थियो र हो । तर विद्यार्थी सङ्गठनहरु आज आफ्ना माउ पाटीका लागि चन्दा उठाउने र डाङ(डाङ(डुङ(डुङ गर्ने संगठन बनि दिंदा स्ववियुमा यसको ज्यादै नकारात्मक प्रभाव परिरहेको छ । आज स्ववियु एउटा ुडाङ (डुङे आड्डाु भन्दा बढी हैसियत भएको सँस्था बन्न सकिरहेको छैन । किनरु यसको उत्तर हामीले आफैँ भित्र खोज्न जरुरी छ ।
कुनै समयका गौरवशाली विद्यार्थी संगठनहरु आज राजनीतिक पार्टीका स्वार्थका तरबार बनेका छन् । कुनै पनि सभ्य समाजमा विश्वविद्यालयलाइ ‘स्वतन्त्र, सभ्य र उच्च प्राज्ञिक संस्था मानिन्छ । विश्वविद्यालयमा अध्ययन गर्ने बिद्यार्थी कम से कम सभ्य, शालीन र अध्ययनशील त हुने पर्छ । तर हामी आफूलाई बिदेशी कम्पनीमा काम गर्ने अदक्ष्य मजदुर ९ग्लकपष्ििभम ःबल एयधभच० भन्दा बढी हैसियत र क्षेमता भएको भन्दा बढी सोच्नै छोड्दि सक्यौं । हामी बिभिन्न राजनैतिक पाटीका भ्रातृ संगठनको नाममा राजनीतिक दलको खोल ओढेर तोडफोड, आगजनी, गुन्डागर्दी जस्ता अराजक एवं अराजनैतिक क्रियाकलाप गर्दै आफ्नै शैक्षिक वातावरणलाइ दुषित पारी रहेका छौं । यस्ता उत्शृंखला गतिविधिले विश्वविद्यालयको गरिमालाई नै गिराएको छ । तर पनि हामी मा कुनै पश्चाताप छैन । हामीले बुझेका पनि छौं कि ‘बिद्याका मन्दिरहरु बाटै ज्ञान(विज्ञानका कुरा सिक्ने, सिकाउने, खोज तथा अनुसन्धान गर्ने, पुराना बिचारहरु बाट सिक्दै नयाँ र समय अनुकूलका विचाररआदर्श को निर्माण गर्ने गरिन्छ’ । तर हामी आफूलाई केहि पनि थाहा नभएको झैँ गरि बिद्याका मन्दिरमा आगो लगाएर आफ्नै घाँटी निमोठी रहेका छौं । ज्ञानको मन्दिरमा आगो लगाउने ‘निचस् कार्य’९ज्भष्लयगक ब्अतष्खष्तष्भक० लाई आँखा चिम्लिएर समर्थन गर्दा हामी लाइ अलिकति पनि लाज(शरम सम्म लागेन । के हामी लाइ ‘२१औं शताब्दीका बिद्यार्थी हौं’ भन्न मिल्ने नैतिक अधिकार छरु ।।।।।।।।।।।।।।।रु
वि। सं। २००४ साल देखि आज सम्म नेपालका नदीमा धेरै पानी बगी सकेको छ । तर वि। सं। २०७३ सालको स्वतन्त्र बिद्यार्थी यूनियनको चुनाब सम्म आई पुग्दा पनि के मात्रै देखियो भने “नेपालका विद्यार्थीमा राजनैतिक जोश छ तर राजनैतिक चेतना चाहिँ छैन” । यो युग सुहाउँदो कुरा होईन । शैक्षिक ज्ञान र राजनैतिक चेतना बिनाको कुनै पनि व्यक्ति असल बिद्यार्थी हुन सक्दैन । कस्तो विडम्बना१ हामी संग शिक्षा छ तर शैक्षिक संस्कार छैनस राजनीति छ तर राजनैतिक संस्कार छैन ध्जबत ब mष्कायचतगलभ तय कबथ “ध्भ जबखभ भ्मगअबतष्यल दगत धभ मयल’त जबखभ तजभ ब्अबमझष्अ ऋगतिगचभ। ध्भ जबखभ एयष्तिष्अक दगत धभ मयल’त जबखभ तजभ एयष्तिष्अब िऋगतिगचभ।
निश्चय पनि, शैक्षिक बिकास र राजनैतिक चेतना बिना सामाजिक परिवर्तन र दिगो बिकास हुन सक्दैन । कुनै पनि देशको बिकास र सामाजिक प्रगतिको लागि शैक्षिक बिकास र राजनैतिक चेतनाको सँगसँगै बिकास हुन जरुरी छ । यहाँ बिर्सन नहुने कुरा के हो भने ‘राजनैतिक चेतनाको अर्थ ‘हरेक कुरामा राजनीति गर्नु’ भन्ने हुँदै होईन । तर हामीले हाम्रै विश्वविधालयमा राजनीति भन्दा पनि राजनीतिको नाममा अनुशासनहीन, संस्कारबिहीन र अशैक्षिक क्रियाकलापहरु बढाउंदै लाग्यौं । कुनै पनि कुराको एउटा सिमा हुन्छ तर हामीले बिभिन्न बहानामा सबै सीमा र मर्यादा तोड्यौं तर निर्माण गर्न भने ताला न बेतालका खैरा नारा ९ऋययिगचभिकक क्यिनबलक० बाहेक अरु केहि सकेनौं । सबैलाई थाहा छ कि यो बेठिक हो तर हामी यहि बेठिक संग खिसिक्क हाँसीरहेका छौं । यस्तो फोहोर मा उभ्भिएर आफुलाई ‘स्ववियु पधाधिकारी वा स्ववियु सदस्य हुँ’ भन्दा लाज लाग्नु पर्ने होईनरु हामीले कहिल्यै पनि फोहोर सफा गर्न सकेनौं अब त् झन् फोहोर सफा गर्नु भन्दा फोहोरको थुप्रोमा उभ्भिएर “देखेयौ, म कति अग्लो छु१” भन्न पो थाल्यौं । के हामी सधैँ यसरी नै फोहोरको थुप्रोमा उभ्भिएर आफूलाई अग्लो देखाएर बस्ने होरु ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
अझै पनि यदि हामीले आफूलाई असल बिद्यार्थी ठान्छौं भने बर्तमान समयमा स्ववियुले ‘विद्यार्थीको सिर्जनात्मक र रचनात्मक विकासमा विशेष र प्रभावकारी भूमिका खेल्न सक्छ । स्ववियुले बिद्यार्थीमा अध्ययन संस्कृतिको बिकास गर्दै समयको माग अनुसार आफूलाई सबै बिद्यार्थीको साझा सँस्था बनाउँदै अगाडी बढ्नु पर्छ । बिद्यार्थीको चौतर्फी बिकासको लागि स्ववियुले सहयोगी र उल्लेखनीय भूमिका खेल्नु पर्छ । होईन, स्ववियुलाइ अझै पनि एउटा ‘डाङ (डुङे आड्डा’ मात्रै बनाउने हो नेपालका सबै विश्वविद्यालयबाट यस्ता ‘डाङ (डुङे आड्डा’ लाई तुरुन्तै खारेज गरेर स्वतन्त्र बिद्यार्थी युनियन मात्रै राख्नु पर्छ । हामीलाई ‘स्वतन्त्र बिद्यार्थी युनियन’ चाहिएको हो डाङ (डुङे आड्डा’ होईन ।
Comments are closed.