स्वरेजको गोलमा बार्सिलोना विजयी, मेस्सी पेनाल्टीमा चुके

 डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ ।Luis Suarez

आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १–० को संघर्षपूर्ण जित हात पारेको छ । तर, बार्सिलोनाका स्टार लिओनल मेस्सी फेरि एक पटक पेनाल्टीमा चुकेका छन् ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, मेस्सीको प्रहार गोलरक्षकले रोके ।

Messi

अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो करियरमा १४ औं पटक पेनाल्टी मिस गरेका हुन् ।

दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । खेलमा थप गोल हुन सकेन र बार्सिलोना १–० ले विजयी भएको छ ।

सुपर कपमा समग्रमा ५–१ को हार व्यहोरेको बार्सिलोनाले बिल्बाओसँग बदला लिएको छ । तर, खेलका क्रममा ड्यानी अल्भेस र बुस्केट घाइते भएकाले आगामी दिनमा बार्सिलोनाका लागि यो महंगो पर्न सक्छ ।

Comments are closed.