स्ववियु जनप्रियको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न।

पोखरा

भदौ २१

✍️अजित तिमील्सीना

कोरोना भाइरस (कोभिड१९) को कारण लामो समय लकडाउन निशेधाज्ञा भएको  कारण रक्तबैंकमा रगतको अभाव भईबिरामीहरुलाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विधार्थी युनियनले (स्ववियुले) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रक्तदान कार्यक्रमा ५० युनिट रगत संकलन भएको छ।

जनप्रिय क्याम्पस प्राङ्गणमा भएको कार्यक्रमको प्रमुख अतिथिमा क्याम्पस संचालन समितीका अध्यक्ष तारा गिरी थिए भने  विशेषअतिथिमा क्याम्पस प्रमुख विरञ्जी गौतम नेबि संघ ईकाइ समितीका सभापति नसिब गुरूङ थिए।

यस विपद घडिमा भएको रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने  सिएसजी  फाउन्डेसनका का संचालक पुजन थकाली , फ्रेण्सयुनाइटेड ,कास्की रेडक्रस , पिउरो पानी , एन वाई सि ( रत्न चोक) लाई जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापतिआशिक गुरूङले धन्यवाद व्यक्त गर्दै , हाल कोभिडको जोखिम बढ्दै गएकोमा सबैलाई सचेत रहन अनुरोध गरे

कार्यक्रमको संचालन स्ववियु उप सभापति किसान थापाले गरेका थिए।

Comments are closed.