स्ववियु जनप्रियको दोस्रो वार्षिक उत्सव।

पोखरा

फाल्गुन १७,
📝अजित तिमिल्सिना

जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो दुई वर्षे वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।


स्वतन्त्र विद्यार्थी युनियनले लागु पदार्थ नियन्त्रणका लागि जन चेतना मुलक कार्यक्रम, सेल्फ डिफेन्स (आत्म रक्षा) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जनप्रिय बहुमुखी क्याम्पसको हलमा सम्पन्न भएको हो। बढ्दै गरेको महिला हिंसालाई कम गर्ने उद्देश्यले महिला विधार्थीलाई लक्ष्यित गर्दै सेल्फ डिफेन्स तालिम दिईएको थियो। नेपालका चर्चित कराँते खेलाडी कमल क्षेत्री र दिपक गोदारले आत्म रक्षाको तालिम दिएका थिए। त्यस्तै युवाहरू माझ बढ्दै गएको लागु पदार्थ सेवनलाई रोक्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीले लागु पदार्थ सेवन जनचेतना अभिवृद्धि मुलुक सन्देश दिएका थिए।
कार्यक्रममा बोल्दै जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले स्ववियुले बढ्दै गएको महिला हिंसालाई कम गर्न र लागु पदार्थ सेवनलाई रोक्नका आफुहरुले यस कार्यक्रम सम्पन्न गरेको बताए । आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नो दुई वर्षे कार्यकाल उत्साहजनक रहेको उदघोष गर्दै गुरुङले सबै विद्यार्थीलाई साथ र सहयोगको लागि धन्यवाद दिए।

कार्यक्रम संचालक स्ववियु सचिव ध्रुवराज अधिकारीले विभिन्न कारणहरूले गर्दा आफुहरुले तय गरेको सबै कार्यक्रम आयोजना गर्न नसकेकोमा दुख व्यक्त गर्दै सो कार्यक्रमहरू आउने दिनमा आयोजना गर्ने बताए। सभापति आशिक गुरुङले स्ववियु निर्वाचनले विधार्थी राजनीतिमा ठुलो सहयोग पुर्‍याउने कुरा व्यक्त गर्दै छिटो भन्दा छिटो नै स्ववियु निर्वाचन हुने कुरामा आफू विश्वस्त रहेको जानकारी दिए।

Comments are closed.