स्ववियु जनप्रियद्वरा पोखरामा बन्ने अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग।

पोखरा हटलाईन

✍️अजित तिमील्सिना

जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियुले) कोभिड संक्रमण बढिरहेको सन्दर्भमा अक्सिजन अभाव बढेपछि बतास फाउन्डेसनको सकृयतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षत्रीय अस्पताल)मा स्थापना गरिने अक्सिजन प्लान्टका लागी सहयोग गर्ने भएको  

स्ववियु जनप्रियले अक्सिजन प्लान्टको लागी रू पच्चीस हजार(२५०००) सहयोग गर्ने कुरा स्ववियु सभापति आशिक गुरूङले पोखरा हटलाईनलाई जानकारी गराए।

कोरोनाको दोस्रो लहरसँगै अक्सिजन अभावमा बिरामीहरु हस्पिटलमा छटपटाइ रहेका छन् कयौंको ज्यानसमेत गइरहेको यो विषम परिस्थितिमा अक्सिजन प्लान्ट स्थापना गरिनु राम्रो काम भएको आफूले सहयोग घोषणा गरेको  साथै यस कार्यको अभियान्ता बतास फाउन्डेसलाई  सभापति गुरूङले धन्यवाद  व्यक्त गरे

वर्तमान परिस्थितिमा नेपालको राजनिति लाजनिति भएको यस्तो अवस्थामा सरकार प्रतिपक्ष कुर्चीको लागी भन्दा पनि जनताकोस्वास्थको लागि जुट्न आवश्यक रहेको जनाए।

कुनै अवस्थामा पु्वधारहरू हुँदा हुँदै पनि दक्ष जनशक्तिको अभावमा उपकरणहरू थन्किएको अवस्था रहेको   उचीत जनशक्तिका लागिउचीत शिक्षाको पहल गर्न सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए।

आफु विधार्थी नेता रहेको यस दुखद अवस्थामा पनि विधार्थीलाई असहज परिस्थिति सहयोगको खाँचो परे स्ववियुले सक्दो सहयोगगर्ने कुरा बताए  त्यस्तै जनप्रिय बहुमुखी क्याम्पसका विधार्थीलाई कुनै सहयोग चाहीएमा आफ्नो नम्बर ( ९८५६०७७७७९) , स्ववियुसदस्य सबिना तिमील्सिना (९८१४१५५९९०)मा सम्पर्क गर्न सक्ने बताए |

Comments are closed.