नेपालका पाँचजनामा स्वाइन फ्लुको संक्रमण देखिएको र त्यसमा पोखराका दुई व्यक्तिमा संक्रमण रहेको खबरसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको फाइल हेर्दै जाँदा ५१ बर्षीय गुरुङ र लेकसाइडका ११ बर्षीय अजय तामाङमा स्वाईन फ्लु को संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक बालकृष्ण भुसालले जानकारी दिए । भारतबाट फर्किएका व्यक्तिमा लागेको बताइएपनि आफु बीस, बाइस बर्षको उमेरमा भर्ति हुनका लागि भारत गएको गुरुङले बताए । स्वाईन फ्लुबाट बच्न र यसको उपचारका लागि धेरै कुरामा ध्यान दिनुपर्ने भएपनि संक्रमण देखिँदैमा आत्तिनु नपर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. श्रीकृष्ण श्रेष्ठको भनाई छ ।जनस्वास्थ्य प्रशासक भुसालका अनुसार ११ बर्षे बालकमा संक्रमण देखिएको बताइए पनि पुरा जानकारी आइसकेको छैन । सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आएका बिरामीबाट लिइएको रगत परीक्षणमा पोखराका २ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको बताएपनि फेरी त्यसको पुन परिक्षणका लागि पठाइने तथा कसरी पोखरामा यसको संक्रमण हुन पुग्यो भन्ने विषयमा अनुसन्धान भैरहेको श्रेष्ठले जानकारी दिए ।

संक्रमण देखिएका पाँच मध्य अन्य राजधानीबाट संकलित २, र भरतपुरबाट संकलित एउटा नमुनामा स्वाइन देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार उनीहरूलाई एन्टिभाइरल औषधि दिएको उल्लेख गर्दै भने, परीक्षणका लागि अब राजधानी बाहिरबाट पनि नमुना मगाउन लागेका छौं ।’ उच्च ज्वरो, घाँटी दुख्नु, खोकी, सास फेर्न गार्हो हुनु, जीउ दुख्नु, पखाला लगायतका लक्षण देखिएमा तुरुन्त सल्लाह लिन चिकित्सकको सुझाव छ । स्वाइन फ्लु भाइरस शरीरमा प्रवेश गरेको सामान्यतया एकदेखि चार दिनभित्र लक्षण देखिने र कहिलेकाहीं सातापछि पनि देख्न सकिने डा. पुनले बताए ।