स्वागत टोल बिकास संस्थाको चौथौ साधारण सभा सम्पन्न।

माघ २६

पोखरा २५


स्वागत टोल बिकास संस्था पोखरा १४ को चौथो साधारण सभा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सि.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जि.सि.ले सबैको साथ र सहयोगी भावनाले स्वागत टोल नेपालमै उत्कृष्ट भएको उदघोष गरे। सदैव जोस र जागरले अगाडी बढेका टोलवासीलाई एक भएर अगाडि बढ्न अनुरोध गर्दै संस्थाका भावी योजनालाई सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।

त्यस्तै कार्यक्रममा बोल्दै टोलवासी तथा नेपाली काङ्ग्रेसकि महिला नेत्री माया बरालले विभिन्न जातजाती तथा फरक फरक राजनीतिक आस्था बोकेका समुदाय रहेतापनी सदैव राजनैतिक आस्था भन्दा माथी रहेर सहयोग गर्ने टोलवासिका कारण सफल बनेकोमा धन्यवाद व्यक्त गरिन।
कार्यक्रममा राजनीतिकर्मी बालकृष्ण काउचा सल्लाहकार तथा पब्लिक क्याम्पसका प्राचार्य कृष्ण ब.केसि लगायतकाले बोलेका थिए। अध्यक्ष देबि बहादुर केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देब बहादुर रानाले स्वागत मन्तव्य राखेका थिए भने संचालन सचिव कृष्ण बहादुर थापाले गरेका थिए।।

Comments are closed.