राहत बाँड्न मुच्चोकसम्म पुग्दा …
सीता श्रेष्ठ
भूकम्प जाँदाको दिन शनिबार थियो । स्कूल र अफिस छुट्टी भएकाले सबै घरमै थियौं । एक्कासी घर हल्लिन थाल्यो । सुरुमा त के भएको हो, थाहै भएन । निकै लामो समयसम्म एकाएक हल्लिरहेपछि, मात्रै थाहा भयो की भूकम्प गएको रहेछ । घरबाहिर मानिसहरु चिच्याउँदै बाहिर निस्किन थालेपछि, हत्तपत्त गरेर सबै परिवार बाहिर निस्कियौं । निकै समयपछि मात्रै जमिन हल्लिन छाड्यो । फेरी भूकम्प आउने डरले तत्कालै घरभित्र जान सकिएन । लगातार भूकम्पका धक्काहरु गैरहन थालेपछि निकै डर लाग्यो । सबैजना सडकमै थिए । फेसबुकमा हेर्दा र रेडियो सुन्दा मात्रै थाहा भयो, भूकम्पले देशभर ठूलो क्षति पुर्याएछ । तरपनि अन्य ठाउँ जस्तो पोखरामा ठूलो क्षति नभएको थाहा पाएपछि अलि ढुक्क भयो ।
भोलीपल्ट अफिस खुलेसँगै भूकम्प पीडितका लागि राहत संकलन गर्ने र वितरणका लागि जाने सल्लाह भयो । राहत संकलन र अन्य साथीहरुसँग सहयोग जुटाउँदा सातौं दिन बितिसकेको थियो । राहत कोषको लागि हाम्रो संस्थाका सम्पूर्ण कर्मचारी, शिक्षक मिलेर प्रत्येक ५ देखि १० दिनसम्मको तलब र विद्यार्थीबाट संकलित रकमबाट भूकम्प पीडितका लागि राहत सामाग्रीहरु खरीद गर्यौं । महाभूकम्प गएको आठौं दिन म लगायत कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस एन्ड कान्तिपुर डेन्टल हस्पिटलका कर्मचारीहरु भूकम्पको केन्द्रविन्दु मानिएको गोरखा पुगेर राहत वितरण गर्ने निधो भयो ।
विकट अनि वास्तविक पीडितहरुका लागि यति धेरै दिन बितिसक्दा पनि राहत पुग्न नसकेकोमा दुःख लाग्यो । हरेक पीडितको आँखामा पिडा अनि राहतको पर्खाइको यातना प्रष्ट देखिन्थ्यो । हामी यसलाई मात्र एउटा उदाहरणको रुपमा लिन सक्छौं, हामी त्यहाँ पुग्ने दिनसम्म त्यहाँका थुप्रै गाउँहरुको हालत उस्तै थियो ।
गोरखाको मुच्चोक गा. वि .स वडा नं. २, ४, ५ मा भूकम्प पीडितले आठौं दिनसम्म पनि राहत नपाएको खबर पाएपछि हाम्रो टोली त्यतैतिर लाग्यो । राहत वितरणको सिलसिलामा हामीले भोगेका हरेक पल र यात्रा जिवनकै एउटा स्वर्णिम अनुभव रह्यो । सहयोगी हात अघि बढाउँदै गर्दाको क्षण अनि सहयोगको लागि हरु हात थपिँदाको सुखद क्षणले साँच्चिकै सकारात्मक उर्जा दिँदो रहेछ । सही विचार, सकारात्मक कार्यको लागि अघि बढेका पाइलाहरुमा भूकम्प पीडितका लागि भनेर हामिलाई कान्तिपुर डेन्टल अस्पतालमा दाँतको उपचार गराउँदै आउनुभएका वसन्तराज दवाडीले LUFTIKUS FLUGSCHIE, GERMANY नामक संस्थाको सहयोगमा रु. एक लाख बराबरको औषधी सहयोग गर्नुभयो । यसले हामीमा झन् ऊर्जा मिल्यो ।
एक दिनको अन्तरालमा लत्ता कपडा, अरु राहतका सामान जुटाएर हामी बैशाख १९ गते राती २ बजे नै गोरखाको मुच्चोकका लागि बाटो ततायौं । हाम्रो २४ जनाको टोली थियो । यात्राको क्रममा वास्तविक पीडितहरुको हातमा राहत नपुगेको र केही स्वार्थी व्यक्तिहरुले राहत वितरणमा कठिन स्थिति निम्त्याइरहेको प्रत्यक्ष देखियो । उनीहरुलार्इ देख्दा घिन र मानवियता नभएकाे बस्तु जस्ताे लाग्थ्याे । विकट अनि वास्तविक पीडितहरुका लागि यति धेरै दिन बितिसक्दा पनि राहत पुग्न नसकेकोमा दुःख लाग्यो । हरेक पीडितको आँखामा पिडा अनि राहतको पर्खाइको यातना प्रष्ट देखिन्थ्यो । हामी यसलाई मात्र एउटा उदाहरणको रुपमा लिन सक्छौं, हामी त्यहाँ पुग्ने दिनसम्म त्यहाँका थुप्रै गाउँहरुको हालत उस्तै थियो ।
सुरक्षित ठाउँमा बसेर रुपैयाँ अनुदान दिएको भरमा नभई आफुले सकेको ठाउँमा पुगी पीडितहरुलाई सेवा गरेमा वास्तविक सहयोग पुग्दो रहेछ भन्ने कुरा मुच्चोक पुगेर फर्किएपछि हेक्का भयो ।
यस्तो गम्भिर समयमा प्रत्येक नेपालीहरुले प्रत्येक नेपालीहरुको लागी हातेमालो गर्न चुकेनौं भने मात्र हाम्रा धरोहरहरुको पुनः निर्माण र विकास गर्न सकिन्छ भन्ने लाग्यो । हामीले जे जति लगेका थियौं मुच्चोकका तीन वटा वडाका बासिन्दालाई बाँड्यौं । आठौं दिनसम्म पनि कसैको सहायता र राहत नपाउँदा त्यहाँका मानिसहरुको अवस्था कस्तो थियो, हामी आफैं पनि आँकलन गर्न सक्छौं । यस्तो विपत्तिको समयमा हरेकले विदेशी मूलको मात्र आशा नगरी आफ्नो पहिचान नबिर्सी देशमा आएको विपत्तिको सामना गरी अघि बढ्नुपर्ने बेला पनि यही हो भन्ने सोचाइ आयो, त्यतिबेला ।
सुरक्षित ठाउँमा बसेर रुपैयाँ अनुदान दिएको भरमा नभई आफुले सकेको ठाउँमा पुगी पीडितहरुलाई सेवा गरेमा वास्तविक सहयोग पुग्दो रहेछ भन्ने कुरा मुच्चोक पुगेर फर्किएपछि हेक्का भयो । भत्किएका ईंट्टाहरुको माझबाट एउटै ईंट्टा पन्छाउँदा छिटो निर्माण सम्भव हुन सक्छ, अहिलेलाई मात्रै नसोची आगामी दिन, महिना र बर्षको समेत विचार गरेर भत्किएका संरचना पुर्ननिर्माण गर्नुपर्ने देखिएको छ । मुच्चोक जस्ता धेरै गाउँका बासिन्दा अझैपनि राहतको पखाईमा छन् भने मुच्चोक जस्ता सयौं बस्ती पुर्ननिर्माणको पखाईमा छन् ।
Comments are closed.