स्वास्थ्यकर्मी प्रति सचेत हुन जरूरी

जनताको आधारभूत आवश्यकताको कुरा गर्दा स्वास्थ्य लाई प्रमुख मान्नु पर्ने हुन्छ। तर नेपालमा सव भन्दा कमजोर र जनताको पहूच भन्दा पर स्वस्थ्य क्षेत्र रहेको छ। यसको स्तरोन्नति गर्न सरकारले विभिन्न किसिमका योजनाहरू ल्याए पनि स्वास्थ्य क्षेत्रमा सुधार आउन सकेन।
नेपालमा केही वर्ष यता नीजी क्षेत्रले मेडिकल साईन्स पढाउन थाले पनि गुणस्तरीय शिक्षा दिलाउन नसक्दा एकातिर स्वस्थ्य क्षेत्रको जनशक्ति एकदमै कमजोर र जोखिमयुक्त देखिए। जसले गर्दा जनताको अकालमै ज्यान जाने गरेको छ। यसलाई मुलुकमा कुनै प्रकारको युद्ध नै नभैकन पनि ज्यान जाने खतरा उच्च रहेको छ।
नेपाल मेडिकल काउन्सीलको विषेशज्ञ चिकित्सक दर्ता परीक्षामा ७० प्रतिशत अनुतिर्ण हुनाले प्रष्ट पारेको छ कि हाम्रो स्वश्थ्य
क्षेत्र शंकास्पद र लाजलाग्दो छ। अघिल्लो सालमा ३० प्रतिशत मात्र अनुतिर्ण भएका चिकित्सकहरू  यसपटक ७० प्रतिशत अनुतिर्ण हुदा हाम्रो मेडिकल शिक्षामाथि नै शंका उठेको छ। यसमा पनि धेरै जसो चीनवाट पढेर आएका र अरक्षणको केटावाट पढेका हरूनै असफल भएका छन।
स्वास्थ्य क्षेत्रलाई राम्रो गर्ने हो भने गुणस्तर हिन कलेजलाई रोक्नु पर्छ। मापदन्ड विपरितका अस्पताल संचालनमा रोकलगाउनु पर्छ। आरक्षणका नाममा अावश्यक माप दन्ड नपुगेकोलाई पढाईको सुविधा काटेर पढाई रोक्नु पर्छ। अन्यथा हाम्रो स्वास्थ्यक्षेत्र लथालिंग अवस्थामा पुग्ने छ। समयमै यसवारे नसोच्ने हो भने कुनै युद्ध चाहिदैन जनताको हत्या गर्न। यीनै स्वास्थ्य संस्था काफी हुनेछन।

Comments are closed.