स्वास्थ्यवर्दक पेय पदार्थ ‘एका कम्बुचा’ अब पोखरामा पनि

भमिसा फुड एण्ड वेभरेज प्रालिको उत्पादन ‘एका कम्बुचा’ पोखरामा आइपुगेको छ । यो एक स्वास्थ्यवर्दक पेय पदार्थ हो । प्रालिले हालै एक समारोहको आयोजना गरि पोखरामा आधिकारीक रुपमा यसको बिक्री शुरु गरेको जानकारी गराएको छ ।

नेपालमा ‘सुपर फुड’ उत्पादनको उद्येश्य सहित कम्बुचा उत्पादन गरिएको प्रालिका अध्यक्ष अमित क्षेत्रीले जानकारी दिए । युवा व्यवसायी क्षेत्री र सञ्जय श्रेष्ठको टिमले दुई  वर्ष अघि कोरोनाको पहिलो लहर आउँदा यसको परिकल्पना गरेका थिए । म्याडम ए ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, पूर्वाध्यक्ष भरतराज पौडेल, भेकेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी अनिल सिंह, तिलक क्षेत्री लगायतले कम्बुचाले पोखरेलीको पनि मन जित्ने विश्वास प्रकट गरे ।

कोभिडका कारण लकडाउनको अवस्थामा श्रृजित परिकल्पना अहिले आएर बजारमा आइपुगेको हो । कम्पनीले विभिन्न पाँच स्वादमा योे पेय पदार्थ ल्याएको छ । स्ट्रोवेरीको स्वादमा फ्रेसा, कागती र पुदिनाको स्वादमा लेमेण्टो, गुर्जोको स्वादमा गिलोई, भूइकटर, ब्लु जिन्जर लगायतका स्वादमा ल्याइएको कम्बुचा हाल पोखराका विभिन्न डिपार्टनेण्ट स्टोर्श, रेष्टुरेण्ट तथा पशलहरुमा विक्रीका लागि वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता कम्पनीको यस उत्पादनलाई कुशल अभ्यासको प्रमाण–पत्र समेत प्राप्त भएको अध्यक्ष क्षेत्रीले जनाए ।

Comments are closed.