स्याङ्जा, २६ जेठ
स्याङ्जाको गल्याङ् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमा कार्यरत कर्मचरी झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहानबाट बेखवर रहेका स्वास्थ्य शाखा प्रमुख लिला बहादुर भण्डारीलाई आइतबार साँझ घर नजिकै झुण्डीएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
गल्याङ् नगरपालिका वडा नंम्वर २ बटुवाका स्थानीयबासी भण्डारी नगरपालिकाको स्वास्थ्य शाखा सम्हालदै आएका थिए । भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाईएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिए । घटनाबारे अनुसन्धान शुरु भएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।उनी स्वभाविक रुपमा झुण्डिएको नभएर कसैको दबाबमा झुण्डिएको हुन सक्ने भएकाले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडी बढाउन उनका परिवारले आग्रह गरेका छन् । आइतबार बिहान घरबाट निस्कदा सामान्य अवस्थामा निस्कीएको पारिवारिक श्रोतले जनाएको छ ।
Comments are closed.