स्वीकृति बिना बिदेशी नियोग तथा नेतालाई नभेट्न सुरक्षा पदाधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाण्डौं,

सुरक्षा निकायका अधिकारीहरुलाई कुनै पनि बिदेशी कुटनितिक नियोग तथा राजनैतिक दलका नेतालाई गृह मन्त्रालय सग स्वीकृती लिएर मात्र भेटघाट गर्नु पर्ने भएको छ ।पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिन निर्देशन दिएको हो ।मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै उक्त निर्देशन दिएको हो । बिज्ञप्तिमा भनिएको छ-

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसंग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसंग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

Comments are closed.