पोखरा, ५ माघ/ यसबर्षको स्व. टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार पोखराका पत्रकार दिपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । पोखरा–५ प्रस्याङ्ग निवासी कोइराला परिवारद्धारा आफ्ना स्वर्गिय माता पिताको स्मृतिमा स्थापित तथा मेची महाकाली मिडिया सोसाईटी नेपालद्धारा यो पुरस्कार सञ्चालित छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका सभापति रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको आइतबारको बैठकले लामो समयदेखी स्वतन्त्र, मर्यादित र निर्भिक पत्रकारितामा संलग्न रही जनतालाई सुसुचित वनाउने कार्यमा कटिवद्ध रहेकाले पुरस्कारको लागि श्रेष्ठलाई छनौट गरेको हो ।
श्रेष्ठ पोखराको रेडियो अन्नपूर्णमा कार्यरत छन् । पुरस्कार यही माघ १७ गते पोखरामा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने मेची महाकाली मिडिया सोसाईटीका अध्यक्ष माधव शर्माले जानकारी दिए । पत्रकारितालाई आफ्नो मुख्य पेशा बनाउँदै लामो समयदेखी पत्रकारितामा संलग्न संचारकर्मीहरु मध्येवाट प्रत्येक वर्ष १ जनालाई पुरस्कृत गर्ने गरिएको छ । यस अघि पुरस्कारवाट स्व. उमादेवी सिंह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ्ग, इश्वरी न्यौपाने र गणेश पाण्डे सम्मानित भैसकेका छन् । पुरस्कारको राशी नगद २० हजार १ तथा सम्मानपत्र रहेको छ ।
Comments are closed.