पोखरा १ असार
कास्कीको हंसपुर गाविसलाई पूर्ण साक्षर गाविसका रुपमा घोषणा गरीएको छ । हाम्रो गौरव हाम्रो शान ,पूर्ण साक्षर हंसपुर हाम्रो पहिचान चन्ने उद्घोषका साथ गाविसलाई पूर्ण साक्षर घोषणा गरीएको हो । सोमवार सम्मपन्न समारोहमा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले हंसपुर पूर्ण साक्षर गाविस भएको घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै चापागाईले कास्कीको विकट गाविस भएरपनि आफुलाई पूर्ण साक्षर गाविसका रुपमा चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै कोही पनि शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुनेमा जोड दिए । कार्यक्रममा कास्कीको पूर्वी क्षेत्रको शैक्षिक विकासमा उल्लेख्य योगदान पु¥ईरहेको सिड फाउण्डेसनका निर्देशक दामोदरभत्त, थापाले हंसपुरजस्तै अन्य गाविसलाई पनि पूर्ण साक्षर बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । घोषणा कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सदस्य आनन्द सुवेदी, गाउं ईकाई समितिका शभापति गंगाबहादुर गुरुङ, नेकपा एमाले हंसपुरका अध्यक्ष तारानाथ सुवेदी, ,नेपाली कांग्रेसका नेता नविनबाबु पौडेल, राप्रपाका टेकनाथ सुवेदी, स्थानीय धनबहादुर विक, बेचन शाह, कल्पना सुवेदी, लेलीन घिमिरे, चन्द्रप्रसाद गुरुङ, युवराज सुवेदी लगायतले आफ्नो गाविस पुर्ण साक्षर घोष्ति हुन सकेकोमा खुशी व्यक्त गरेका थिए । गाविस सचिव धर्मदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामकोट उच्च माविका प्राचार्य भरतमणी भट्टराई,शिक्षक कृष्णराज सुवेदीले स्वागत तथा संञ्चालन गरेका थिए ।
भोषणा कार्यक्रममा सचिव भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै गाविसमा रहेका कुल एक हजार चार घरधुरीमा रहेका ६ हजार ९५ जनसंख्यामध्ये जम्मा २९ जनामात्र निरक्षर रहेको जानकारी दिएका थिए । उनले निरक्षर सबैलाई साक्षर बनाउने नयाँ कार्यक्र ल्याउन लागिएको पनि भट्टराईले जानकारी दिएका थिए ।
Comments are closed.