हटलाइन संवाददाता
पोखरा, असार २ गते
नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अनिल गुरुङ्ग बिदा मनाउन हङकङ्ग पुगेका छन् ।
मंगलवार पुगेका अनिलले त्यहाँ केही हप्ता आफन्तसँग बिताउनेछन् । हङकङ्गबाट पोखरा हटलाइनसँग कुरा गर्दै उनले केही समय आफन्त र साथीभाइहरुसँग बिताउने वताए ।
उनले हङकङ्गको फुटबल क्लबमा समेत खल्ने सोच बनाएका छन् । ‘कुन क्लबमा खेल्ने भन्ने वारेमा तय भइसकेको छैन ।’ अनिलले भने–‘यहाँका क्लब बारेमा बुझ्दैछु । कुनै स्तरीय क्लबमा खेल्ने तयारी गर्दैछु ।’
Comments are closed.