हङकङ व्युटी ट्यालेन्ट कन्टेष्टको ताज दिपालीलाई

पोखरा १८ चैत ।सातौं संस्करणको हङकङ व्यूटि ट्यालेन्ट कन्टेस २०१५ को ताज दिपाली परियारले जितेकी छन । पोखरामा सम्पन्न फाईनल प्रतिस्पर्धामा १० जना प्रतियोगिहरुलाई पछि पार्दै पोखरा न्युरोडकी परियारले ताज हात पार्न सफल भएकी हुन। उनले वेष्ट वाकको टाईटल समेत जित्न सफल भएकी हुन।

unnamed

प्रतियोगितामा लेखनाथ बुढीबजारकी गिता थापा मगर फष्ट रनर अफ घोषित हुदा पोखरा नयाँबजारकी निहा गुरुङ सेकेण्ड रनर अफ घोषित भईन । भिओर च्वाईसको टाईटल भने चितवनकी सोनि थिङले पाएकी हुन । विजेताहरुलाई गत बर्षकी विजेता निशा भट्टराई, गतबर्षकै फष्ट रनरअफ बन्दना गुरुङ, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, हङकङ हर्वल व्युटि ईन्स्टिच्युटका निर्देशक सौन्दर्यविद मिना गुरुङ लगायतले पुरस्कार वितरण गरेका हुन। प्रतियोगितामा १७ देखि २४ वर्ष उमेर समुहका ११ जनाले सहभागिता जनाएका थिए ।

महिलाहरुको व्यक्तित्व र क्षमता पहिचानसँगै महिला सशक्तिकरणको लागि उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको ईन्स्टिच्युटका निर्देशक सौन्दर्यविद गुरुङले बताईन । ईन्स्टिच्युटले आफ्नो संस्था स्थापनाको २८ औ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगितालाई आयोजना गरेको हो । प्रतियोगिताको द लुक्स फेसन होमका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले कोरियोग्राफी गरेका हुन।
प्रतियोगीताको निर्णायकमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, ज्ञानु बाबा आवासिय उच्च माविका साहायक प्रिन्सिपल बाबुराम सुवेदी, फष्ट मिस हङकङ तथा सन् २०१० का मिस कल्चर नेपाल सुरक्षा गुरुङ, सञ्चारीका समुह पश्चिमाञ्चलकी उपाध्यक्ष जमुना शर्मा (बर्षा ) र प्राप्ति त्रैमासिक पत्रिकाका कार्यकारी सम्पादक एवं पत्रकार दिननाथ बराल रहेका थिए ।

यस अघि उक्त प्रतियोगिताको उद्घाटन नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले गरेका हुन। कार्यक्रममा बोल्दै उनले मिना गुरुङ जस्ता पौरखी महिलाहरु महिला सशक्तीकरणमा लाग्नु पर्ने बताए । रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले उक्त प्रतियोगिताले महिलाहरुमा आत्म विश्वास बढाउनुको साथै महिला शसक्तीकरणमा थप टेवा पुग्ने बताए । कार्यक्रममा जिफन्ट गण्डकी धौलागिरीका उपाध्यक्ष रुद्र बहादुर खत्री, ईश्वरीय बिश्वबिद्यालय पार्दीविरौटाकी संचालकीका अप्सरा दिदी, युनियनका महासचिव सुमन गुरुङ लगायले सौन्दर्यका बारेमा चर्चा गरे । कार्यक्रममा कन्चन पाण्डे, मन्जीला तामाङले नृत्य गरेका थिए भने आसीस परियारले गित प्रस्तुत गरेर कार्यक्रममा सहभागिलाई थप मनोरन्जन दिएका हुन।

Comments are closed.