पाेखरा २ चैत/ पोखरामा सोमबार भएको बलात्कार विरुद्धको र्यालीमा हजारौंले सहभागिता जनाएका छन् । बलात्कारीलाई कडा भन्दा कडा सजायँको माग गर्दै हजारौं पोखरेली छोरी बचाउ अभियानमा सडकमा उत्रिएका हुन् । पछिल्लो समय देशमा बढेको बलात्कारका दोषिलाई फाँसीको सजायँ हुनेपर्ने माग गरेका गर्दै पोखराको चिप्लेढुङ्गाबाट सुरु गरिएको र्याली पोखरा सभागृहसम्म आइपुग्दा टोलटोलबाट विभिन्न सामाजिक संस्थाहरुको अगुवाइमा र्यालीलाई साथ दिए ।
आमा समुह,टोल विकास संस्था, राजनैतिक दल, महिला अधिकार कर्मी, नागरिक समाज, मानव अधिकारकर्मी युवा, विद्यार्थी, लायन्स क्लव, युवा क्लव, सहकारी संस्था लगायतले आ–आफ्नो ब्यानरसहित महिला र बालिकाको सुरक्षा हुनुपर्ने, कानुन कार्यान्वयन प्रभावकारी हुनुपर्ने, फाँसीको सजायँको व्यवस्था हुनुपर्ने लगायतका प्लेकार्ड, पम्लेट र ब्यानर बोकेर र्यालीमा सहभागी भएका थिए ।
बलात्कार विरुद्ध अभियान मुल आयोजक समितिको आयोजनामा देशभर वढ्दै गएको वलात्कार र लैगिक हिंसा विरुद्धको घटनाले सवै मर्माहित भएका कारण उक्त विरोध कार्यक्रममा आयोजना गरिएको अभियान संयोजक सुष्मा पौडेलले बताईन् । उनले देशका भएका बलात्कारका घटनामा सलग्नलाई आजीवन सर्वश्वसहित कैदको व्यवस्था तथा पीडितलाई सुरक्षा हुनुपर्ने माग गरिन् । महिलाहरु एक जुट भएर सडमा नउत्रेका कारण अपराधीहरु उम्किने गरेको भन्दै अव चुप लागेर बस्न नहुने उनको आक्रोस थियो ।
यसैवीच वारामा वलात्कारपछि मृत्यु भएकी पुजा शाह लगायतका वलात्कारका कारण र लैगिक हिंसाका कारण ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै मौनधारण तथा कडा कानुन निर्माणको माग गर्दै हस्ताक्षर संकलन समेत गरिएको छ । साथै शुक्रबार राती पोखरामा आफ्नै श्रीमान्ले हत्या गरेका सरस्वती सुनारको घटनाको तत्काल छानवीन गरी कडा कारवाहीको माग तथा पोखराको वलात्कारका घटनामा संग्लग्नलाई कडा कारवाहीको समेत माग गरीएको थियो । तस्विर-एकराज गिरी
पाेख
Comments are closed.