पोखरा, ११ चैत /स्वर्र्गीय पत्रकार जगन्नाथ सिग्देल स्मृति हिमदुत पत्रकारीता पुरस्कार–२०७१ बाट हटलाइनका समाचार सम्पादक ऋषिकान्त पौडेल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले संचालन गरेको उक्त पुरस्कारवाट महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले पौडेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
वर्गीय पत्रकार जगन्नाथ सिग्देलका परिवारद्वारा स्थापित उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । लेखनाथ पचभैया निवासी पौडेल विगत आठ बर्षदेखि पत्रकारीतामा क्रियाशिल छन् । उनी प्रेस यूनियनको केन्द्रीय सदस्य समेत हुन् । पुरस्कार ग्रहणपछि पत्रकार पौडेलले पुरस्कारले थप हौसला र जिम्मेवारी थपेको भन्दै पत्रकार महासंघ तथा पुरस्कार स्थापना गर्ने परिवारलार्य धन्यबाद ज्ञापन गरे ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, प्रतिभा छनौट समितिका संयोजक वद्री विनोद प्रतिक, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी, सचिव त्रिभुवन पौडेल लगायतले पत्रकारीताको बारेमा बोलेका थिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
पत्रकारीताको संस्थागत विकास नहुँदा समस्या—अध्यक्ष विष्ट
नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पत्रकारीता क्षेत्रमा समस्या र चुनौती कायमै रहेको बताउँदै त्यसको निराकरणका लागि महासंघ लागि रहेको बताएका छन् । उनले पत्रकारहरुले अझै पनि न्यूनतम पारिश्रमिक, विदा, उपचार लगायतका सुविधाहरु पाउन नसकेको बताउदै पत्रकारीताको संस्थागत विकास पनि नहुँदा समस्या भएको बताउएका हुन् ।
स्वर्गीय पत्रकार जगन्नाथ सिग्देल स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार पौडेललाई सम्मान कार्यक्रमपछि बोल्दै उनले पत्रकारहरुको हितमा महासंघले नयाँ कार्यक्रमहरु गर्न लागेको जानकारी दिए ।
‘पत्रकारहरुले न्यूनतम पारिश्रमिक पाउन नसकेको, समयमा तलव सुविधा नपाउने, उपचारको ब्यवस्था समेत नहुदाँ कठिन अवस्थाको सिर्जना भएको भनाई राखे । उनले संचार माध्यमलाई पनि उद्योगका रुपमा विकास गर्नुपर्ने खाँचो औल्याउँदै पत्रकाहरुको दक्षतामा ध्यान दिनुपर्ने बताए ।
‘पत्रकारहरुलाई ज्ञान र सिपको आवश्यकता पर्छ’ उनले भने ‘तालिम ब्यावसायिक, बौद्धिक र दक्ष बनाउनका आवश्यक छ ।’
नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले पत्रकारहरुले न्यूनतम पारिश्रमीक पाउन नसकेको अवस्थामा पाइने सम्मानले प्रोत्साहन र हौसला थपिने बताईन् । पत्रकारीतमा व्यावसायिक चुनौती रहेको बताउँदै व्यवसायिक पत्रकारीताको मयार्दामा रहेर अगाडि बढ्न आग्रह समेत उनले आग्रह गरीन् ।
Comments are closed.