पोखरा, १२ भदौँ
नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य जगत विश्वकर्माले पार्टीलाई सुदृढ बनाउन स्थानिय स्तरमा रहेका कार्यकर्ताको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
नेकपा एमाले वडा कमिटी पोखरा २८ ले अर्मलामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा तीज विशेष कार्यक्रममा बोल्दै नेता विश्वकर्माले कार्यकर्ताको इमान्दारिता र सांगठनिक एकताकै कारण पार्टी यहाँसम्म आइपुगेको दाबी गर्नुभयो । उहाँले पार्टीले महिलालाई अधिकार सम्पन्न बनाउन उच्च महत्व दिएको बताउँदै, हरेक आन्दोलनमा महिलाको भूमिका उच्च रहेको भन्दै प्रशंसा गर्नुभयो ।
एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य मित्रकूमारी सुवेदी गुरुङले तीज पर्व महिला अधिकारसँग जोडिएको पर्व भएको बताउँदै, यसलाई अधिकार प्राप्तीको रुपमा मनाउन आग्रह गर्नुभयो । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय स्तरको विकास निर्माणमा पार्टीले नै नेतृत्व गरेको बताउँदै पार्टीका निति र निर्देशनलाई घर घरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो
वडा कमिटिका अध्यक्ष चुडामणि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले क्षेत्र नं–२ का क्षेत्रिय अध्यक्ष जीवन आचार्य, एमाले नगर समन्वय समितिका सहसंयोजक दानबहादुर बानिँया, एमाले जिल्ला सदस्य लिलाधर आचाय, अनेमसंघ नगर कमितिका अध्यक्ष गंगा कुवँर, कोषाध्यक्ष शारदा पराजुली, एमाले जिल्ला सदस्य लिलाधर आचार्य, वडा महिला कमिटिका अध्यक्ष तारा भट्राई, वडा कमिटिका आर्थिक प्रमुख धनराज आचार्य र कलाकार आयुष परियार लगायतले पार्टीलाई आगामी निर्वाचनमा पहिलो बताउन सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा हरितालिका तीजको शुभकामना आदान प्रदान सहित अगुवा महिला कार्यकर्तालाई दर खुवाइएको थियो ।
Comments are closed.