१ जेठ, काठमाडौ । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर सम्बन्धी अपुष्ट जानकारी प्राप्त भएपछि नेपाली सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकतर्फ उडेको छ ।
कालिन्चोकका तामाङ समुदायका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्नका लागि सैनिक टोली त्यसतर्फ लागेको स्रोतले जनाएको छ ।
तर सेनाको टोली आफैं गएर वास्तविकता पत्ता लगाएपछिमात्र औपचारिक रुपमा जानकारी दिइने एक सैनिक अधिकारीले बताए ।
११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ ।
दोलखाका भूकम्प पीडितलाई उद्धार गर्न गएको अमेरिकी हेलिकोप्टर वेपत्ता भएपछि विभिन्न किसिमका अड्कलबाजी गरिएका थिए । उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए ।
बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।
अनलाइन खबरबाट
Comments are closed.