पोखरा हटलाईन
हल्ट प्राइज जनप्रिय बहुमुखीले मिति २०७८/११/२८ गतेका दिन साहारा होटल पोखरामा अन क्याम्पसको फाईनल ईभेन्ट भव्य तथासव्यरूपमा सम्पन्न गरेको छ ।
पोखरा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बाबु बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई हल्ट प्राईजजनप्रियका निर्देशक सुवास तामाङ , र विशेष अतिथिहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
विश्वको सबै भन्दा ठुलो सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज अन्तर्गत हल्ट प्राइज जनप्रियका विभिन्न प्रतिस्पर्धी टिमहरूबाटछानीएका ५ वटा टिमले फाईनल ईभेन्टमा आफ्ना उद्ध्यम्सिलताका बिचार र आईडिया प्रस्तुत गरेका थिए ।
हल्ट प्राइज जनप्रियका अन क्याम्पसका कार्यक्रमका प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बाबु बराललेविधार्थीको बौद्धिक क्षमता बृद्धि हुने यस्ता कार्यक्रमहरूले विधार्थीको चौतर्फी विकासका लागी महत्वपुर्ण भुमिका खेल्ने र यस्तै यस्तैकार्यक्रमहरूलाई आफुले सधै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
पोखरामा आफ्नो छुटै नाम बनाउन सफल विभिन्न उध्यमीहरु निर्णायकको भुमिकामा रहेका थिए ।
उद्ध्यम्सिलताका विभिन्न नौलो आइडियाहरुबाट यस कार्यक्रममा किशोर अर्यालले नेतृत्व गर्नुभएको टिम गारबेज टु गोल्ड पहिलो हुनसफल भएको थियो ।
यस्तै रूद्र कँडेलले नेतृत्व गरेको टिम रिसाईकलर फष् रनरअप, बिष्णुहरि अधिकारीले नेतृत्व गरेको टिम नेपाली हस्त डिजाईन सेकेन्डरनरअप भएको थियो ।
कार्यक्रमका उत्कृष्ट टिमले २०२२ मेमा हुने ह्ल्टको रिजलन कार्यक्रममा गई प्रतिनिधित्व गर्ने छन। कार्यक्रमको अन्त्यमा हल्ट प्राइजपोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक सुवाष तामाङले सबै बिजेता टिमहरुलाई बधाई र सबै सहयोगी हातहरुलाई धन्यवादकाशब्दहरु राखेर कार्यक्रम समापन गरेका थिए ।
Comments are closed.