हल्ट प्राइज पोखरा विश्वविद्यालयको अन क्याम्पस कार्यक्रम सम्पन्न

 

पोखरा हटलाईन

हल्ट प्राइज पोखरा विश्वविद्यालयले मिति २०७८/११/१९ गतेका दिन स्विस ईन्टरनेशनल होटल सरोवर  पोखरामा अन क्याम्पसकोफाईनल ईभेन्ट भव्य तथा सव्यरूपमा सम्पन्न गरेको

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई उपकुलपति अर्याल, विशेषअतिथि पोखरा विश्वविद्यालयका रजिस्टार डा दिपक बहादुर भन्डारी हल्ट प्राइज पोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक प्रशान्तभुषालले संयुक्त रूपमा उद्घाटन गरेका थिए

विश्वको सबै भन्दा ठुलो सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज अन्तर्गत हल्ट प्राइज पोखरा विश्वविद्यालयमा ३४ टिमहरु एब्स्ट्राक सलाईडको माध्यमबाट ओटा टिम छनोट गरि फाइनल गराइएको थियो

हल्ट प्राइज पोखरा विश्वविद्यालय का सल्लाहकार आशिष लामिछानेले नेपाल भरिमा सबैभन्दा ठुलो आयोजक समिति सदस्यहरु रहेकोहल्ट प्राइज पोखरा विश्वविद्यालयमा अनक्याम्पस फाईनल पोखरा विश्वविधालयको नजिकिएको परीक्षाका बाबजुधपनी अनक्याम्पसफाईनल गर्नु  गौरवको बिषय बनेको बताएका छन्

कोभिड १९ को यो समयमा पनि हल्ट प्राइज पोखरा विश्वविद्यालयले अत्यन्त उत्कृष्ट रुपमा हरेक स्वास्थ मापदण्ड पूरा गरी यो कार्यक्रमसफल पारेको

पोखरामा आफ्नो छुटै नाम बनाउन सफल विभिन्न उध्यमीहरु निर्णायकको भुमिकामा रहेका थिए उद्ध्यम्सिलताका विभिन्न नौलोआइडियाहरुबाट यस कार्यक्रममा सुबोध कठायतले  नेतृत्व गर्नुभएको टिम युक्ति पहिलो हुन सफल भएको थियो

यस्तै कुल बहादुर ले नेतृत्व गरेको टिम पिनाक रनरअप, सचिन घिमिरेले नेतृत्व गरेको टिम आयुर्वेदा सेकेन्ड रनरअप भएको थियो

कार्यक्रमका उत्कृष्ट दुई टिमहरुले २०२२ मेमा हुने ह्ल्टको रिजलन कार्यक्रममा पोखरा विश्वविद्यालयलाई प्रतिनिधित्व गर्ने छन।कार्यक्रमको अन्त्यमा हल्ट प्राइज पोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक प्रशान्त भुषालले सबै बिजेता टिमहरुलाई बधाई सबैसहयोगी हातहरुलाई धन्यवादका शब्दहरु राखेर कार्यक्रम समापन गरेका थिए

 

 

Comments are closed.