‘हामी पीडामा छौं तर सुरक्षित छौं’

पर्यटकलाई स्वागत गर्न पोखरा आतुर

10711040_10201665487959146_8926388823468015764_n


दिनेश भण्डारी
विपतलाई कसैले टार्न सक्दैन । विपत कहिले, कसरी, कहाँ, कस्तो आउँछ भन्ने कसैलाई थाहा हुँदैन । जब आउँछ उसले आफ्नो कर्म गरेर जान्छ । त्यही विपतले गरेको कर्मका कारण हामी यतिबेला पीडामा छौं । बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यस पछाडीका भूकम्पहरुले हामीलाई अहिलेसम्म हल्लाइरहेको छ । धेरैको ज्यान गयो । कयौं घाइते छन् । कयौं घर भत्किए । थुप्रै संरचनाहरु माटोमा बिलाए । यो भूकम्पले संरचना मात्रै भत्काएन हाम्रो मन पनि भत्कायो । यसले नेपाली अर्थतन्त्रलाई ठूलो असर पु¥याएको छ । त्यसमा पनि नेपाली पर्यटनलाई त शिथिल नै बनाइदियो । तर, आत्तिएर र मैदानवाट भागेर त समस्याको समाधान हुँदैन । यसको लागि हामीले विश्वभर कस्ता सन्देशहरु प्रवाहित गर्न सक्छौं । त्यसैमा नेपालको पर्यटन क्षेत्रको भविष्य निहित छ । हामी पोखरा र आसपासको पर्यटनलाई पुरानै लयमा फर्काउन तयार छौं । सम्पूर्ण पोखरेलीहरुले पर्यटकलाई स्वागत गर्नका लागि तयार छन् ।


पर्यटन क्षेत्र खत्तमै भयो भनेर आत्तिनुपर्ने अवस्था छैन । मैदानवाट भागेर समस्याको समाधान हुँदैन । यसको लागि हामीले विश्वभर कस्ता सन्देशहरु प्रवाहित गर्न सक्छौं । त्यसैमा नेपालको पर्यटन क्षेत्रको भविष्य निहित छ । पोखरा सुरक्षित छ । होटलहरु ठीक छन् । डुङ्गा चलिरहेकै छन् । अल्ट्रालाइट उडेकै छन् । प्याराग्लाइडिङमा रमाएकै छन् ।


त्यति ठूलो भूकम्प आएपनि पर्यटन क्षेत्रमा पारेको असर ठूलो होइन । भूकम्पका कारण लाङटाङ, मनासलु र सगरमाथा क्षेत्रमा क्षति पुगेपनि पोखरा, सौराहा, लुम्बिनी, पाल्पा लगायतका ठाउँ सुरक्षित छन् । त्यसैले भूकम्पले नेपालै ध्वस्त भयो भनेर पर्यटकहरु नआउनुपर्ने कारण छैन । पोखरामा एउटा अन्र्तराष्ट्रिय बिमानस्थलको तत्काल खाँचो देखिएको छ । जसले गर्दा पर्यटकहरु सिधै पोखरा आउन सकून् । अन्यमा समस्या छैन, हाम्रा होटलहरु ठीक छन् । हवाइ खेलकुदका कार्यक्रमहरु भैरहेका छन् । ढुङ्गा चलिरहेकै छन् । अल्ट्रालाइट उडान भैरहेकै छन् ।

भूकम्पले पर्यटन क्षेत्रलाई परेको असरलाई कम गर्दै सकरात्मक सन्देश प्रवाह गर्नु अहिलेको आवश्यक्ता हो । हामीले भनौं पोखरा सुरक्षित छ । डराउनुपर्ने अवस्था छैन । विस्तारै पुरै नेपाल पहिले कै अवस्थामा फर्कँदै छ । हो, यसअघि बुकिङ भएका कतिपय प्याकेजहरु रद्द भएका छन । यसका पछाडी केही देशहरुले ट्राभल एड्भाईजरी जारी गर्नु प्रमुख कारण हो । त्यसले गर्दा तत्काल नेपाल आउने पर्यटकको संख्या घटेको हो । विस्तारै भूकम्पले पारेको क्षतिको मूल्याङ्कन पनि गरौं । त्यही आधारमा विश्लेषण गरेर हामीकहाँ भूकम्पको बेलामा पनि धेरै प्रतिशत पर्यटकहरु सुरक्षित रहे र धेरै प्रतिशत संरचना ठीक छ भने प्रचारप्रसार गर्न जरुरी छ । एकपटक भूकम्प जाँदैमा देश ध्वस्तै हुने होईन । विश्वका थुप्रै देश हामीले देखेका छौं यस्ता ठूला विपतपछि नै विकास भएका छन्. । हामी पनि त्यही लयमा फर्कन सक्छौं । एक हिसाबले भन्ने हो भने हामी नआत्तिऔं भूकम्पले विकासको राजमार्ग पनि खोलेको छ । सदुपयोग गरौं र जुटौं पुनर्निर्माणमा ।


पहिलो चरणमा राहत र उद्धारमा जुटेका व्यवसायी विस्तारै व्यवसायिक जीवनमा लाग्दैछन् । सँधैभरि पीडामा बाँचेर हुँदैन । भूकम्पको पीडा भुल्नका लागि पनि पोखरा उत्तम ठाउँ हो । यहाँ मनोरञ्जनका थुप्रै माध्यमहरु छन् । पोखरा र यस असपासका ठाउँहरु र हिमाल नजिकै पुगी हिमालका मनोरम दृश्य हेर्ने अल्ट्रालाइट उपयुक्त माध्यम हो ।


हामी पोखराका पर्यटन व्यवसायी पनि पहिलो चरणमा राहत र उद्धारमा जुटौं । सबैले आफ्नो कर्तव्य निभाएका छौं । अब पोखरालाई पुरानै अवस्था ल्याउने काम पनि हाम्रै हो । त्यसमा सबैको सहयोग अवश्य चाहिन्छ । भूकम्प र यसका परकम्पन पोखरामा नभएका हैनन् तर अन्य ठाउँको तुलनामा पोखरा र आसपासका ठाउँमा खासै असर परेन । सुरक्षित र होशियार हुने अवशर पायौं । सचेत हुने मौका पायौं । यस्ता विपतबाट बच्नका लागि गर्नुपर्ने पूर्व तयारीका विषयमा बुझ्यौं । आन्तरिक र बाह्य पर्यटक अझै पनि भूकम्पको डरले यहाँ आउन खोजिरहेका छैनन् । यस्तो बिपतका बेला पर्यटकहरु नेपालमा आएर नेपाललाई सहयोग गर्न सक्छन् । पर्यटक आउनुको एउटै कारण हुँदैन । हामीले विभिन्न माध्यमबाट पर्यटक बोलाउन सक्छौं । जसले नेपाल आउनलाई टिकट बुक गर्नु भएको छ उहाँहरुलाई हामी स्वागत गर्दछौं ।

भूकम्पपछी धेरैले नयाँ जन्म पाएको महशुस गरेका छन् । अब नयाँ जीवन कसरी शुरु गर्ने पारिवारिक, शैक्षिक, व्यावसायिक बिकासका योजना बनाउन पनि नयाँ ठाउँको घुमघामले रमाइलो वातावरण प्रदान गर्नेछ । त्यसका लागि पोखरा एउटा उत्तम मध्यम बनेको छ । पोखरामा पर्यटक धेरै किसिमले आउँछन् । त्यसमा एउटा मनोरंजन पनि हो । प्याराग्लाइडिङ, बञ्जीजम, अल्ट्रालाइट, ताल सयर गर्नका लागि अहिले कुनै समस्या छैन् । पोखरा र यस असपासका ठाउँहरु र हिमाल नजिकै पुगी हिमालका मनमोहक दृश्य हेर्ने उपयुक्त मध्यम हो अल्ट्रालाइट । पोखरामा हामीले फिस्टेल अल्ट्रालाइट प्लाइट संचालन गर्दै आएका छौं ।

हामी आन्तरिक तथा बाह्रय पर्यटकलाई हामी पोखराको माथिमाथि, हिमालको छेउछाउसम्म घुमाउन चाहन्छौं । फिस्टेलले करिव दुई बर्षदेखि सेवा दिइरहेको छ । विशेष त १५ मिनेट, आधा घन्टा, एक घण्टा र डेढ घण्टाका ४ प्याकेजमा हामीले उडान भर्दे आएका छौं । जसबाट पोखरा सहर, फेवाताल, सराङकोट, शान्ति स्तुपा, माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरी तथा मनास्लु हिमाललाई नजिकैबाट अनुभव गर्न पाइन्छ । भूकम्पको पीडा भूल्नका लागि यो उत्तम माध्यम बन्न सक्छ । पोखरा विमानस्थलमार्फत विहान ७ बजेबाट ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म उडान भैरहेका छन् । हामीले यसबाट उठेको केही रकम भूकम्प पीडितका लागि सहयोग पनि गर्दै आएका छौं ।

अन्त्यमा भूकम्पको पीडा भुलेर देशलाई पहिले कै अवस्थामा पुर्‍याउनु हामी सबैको दायित्व हो । त्यसैले जति सक्यो चाँडो हाम्रो सरकार, पर्यटन वोर्ड र नीजि क्षेत्रले विश्वभरका पर्यटकहरुलाई नेपालको पुर्ननिर्माणमा आकर्षित गर्न सक्नुपर्छ । जतिसक्दो हामीले पूनर्निमाण गर्न र सुरक्षित छ भन्ने सन्देश दिन सक्छौं त्यति नै चाँडो नेपालमा पर्यटकीय वातावरण बन्छ ।

(लेखक फिस्टेल अल्ट्रा फ्लाइटका अप्रेसन म्यानेजर हुन्)

Comments are closed.