हाम्रो पोखरा कास्की संस्थाको रक्तदानमा ३८ युनिट रगत सङ्कलन

पोखरा–४, श्रावण
हाम्रो पोखरा कास्की संस्थाले पोखराको चिप्लेढुङ्गामा सोमवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त खुल्ला रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष माधब पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खुल्ला रक्तदान कार्यक्रममा ३८ युनिट रगत सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशका सजिव डा. विनोद बिन्दु शर्माको प्रमुख आथित्वमा भएको हो । डा. शर्माले कोविड १९ को बिषम परिस्थीतीमा पनि खुल्ला रक्तदान कार्यक्रम गरेर संस्थाले मानविय धर्म गरेको बताउनू भयो । उहाँले रक्तदान गर्ने ब्यक्ति शारिरिक रुपमा मात्र नभै मानसिक रुपमा पनि सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल स्वयंसेवि रक्तदाता समाज कास्किका अध्यक्ष जितेन्द्र मान शाक्य, नेपाल स्वयंसेवि रक्तदाता समाज कास्कीका संस्थापक अध्यक्ष तिर्थराज अबस्ती , क्षेत्रिय रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली विशेष अथितिको रुपमा बोल्नुभएको थियो । हाम्रो पोखरा कास्की संस्थाका सल्लाहाकारहरु अमृत कुमार भट्टराई ,विरेन्द्र पराजुली ,जयन्ति न्यौपाने , आदीले आफ्नो मन्तब्य राख्नुभएको थियो । पहिलो पाइला नेपाल पोखराका उपाध्यक्ष रन्जीत दनै ,नेपाल स्वयंसेवि रक्तदाता समाज का सजिव पवन पाठक लगाायतका ब्यक्तिको कार्यक्रम उपस्थित रहेको थियो । उक्त कार्यक्रम संस्थाका सचिव सफल पौडेलको संचालनमा र समापन कार्यक्रमका सभापति माधव पौडेलले गर्नुभएको थियो ।

Comments are closed.