पोखरा हटलाइन,
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि पोखराको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार सहकारीको प्रधान कार्यालय रहेको स्थान पृथ्वीचोक आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो ।सहकारीको प्रधान कार्यालय रहेको स्थान पृथ्वीचोक आसपासको क्षेत्रमा सरसफाई गरिएको अध्यक्ष शुक्रराज कँडेलले जानकारी दिनुभयो ।हाम्रो सहयोगी सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै समय समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको अध्यक्ष कँडेलले बताउनुभयो ।सहकारी दिवसका अवसरमा साताव्यापी रुपमा कार्यक्रम भइरहेका छन् ।
Comments are closed.