हावापानी बाट पीडित ४ घरमा अनेरास्ववियुको सहयोग

अनेरास्ववियु भूगोल कास्कीले हावाहुरी पिडितको लागि आपतकालीन सहयोगमा जुटेको छ।हिजो राती 7 बजे आएको हावापानीले पोखरा 6 गाइघाटको बस्तीमा असर पारेको छ। सो हावापानीले 4 घरको छाना उडाएर सम्पुर्ण सामान फुट्ने र भिजाएको थियो । अनेरास्ववियुको 10 जनाको टिम लिएर भग्नाबसेस हटाउने र सरसफाइ गरेको थियो। अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमको नेतृत्वमा खटिएको टिमले आज बिहानै बाट राहतमा जुटेको हो। टिमका प्रमुख गौतमले उक्त ठाउमा तत्काल 12 फुटे जस्तापाता 36 वटा र 10 फुटे 11 वटा चाइएको छ र आजनै सो ठाउमा लगाउनु पर्ने अन्यथा पुन अर्को दुर्घटना हुनसक्ने बताए । हामीले महानगर ,रेडक्रस , जिल्ला प्रसासन कार्यालयमा सम्पर्क गर्दा जस्तापाता दिन नसक्ने बताएको गौतमले सुनाए । जनतालाई यस्तो असहज अबस्थामा सहयोग नपुग्दा दुख लागेको गुनासो गरे। उक्त हावापानी बाट सीता देबकोटा, रिना गुरुङ , शक्ति श्रेष्ठ , राधा बिक सुनार पुर्णतः पीडित छन। टिभी ,भाडाकुडा ,फुटेको , लत्ताकपडा सबै फेवातालमा उडाएको, खाटहरु भाचिएको, गारो भत्काएको थियो। करिब 5 लाख बराबरको क्षेती भएको छ।

Comments are closed.