पोखरा, ३१ साउन-
बन्दको क्रममा एकाबिहानै ढुङ्गामुढा र तोडफोड गर्न खोज्ने तीनजना पोखराबाट पक्राउ परेका छन् ।
हिन्दू राष्ट्र संरक्षण अभियानले आज गरेको गण्डकी धौलागिरी बन्दका क्रममा पोखराको पृथ्वीचोकमा बसपार्कभित्र ढुङ्गामुढा गर्न खोज्ने दुई र प्रहरीले स्कर्टिङ्ग गरेर ल्याएको गाडी रोक्न खोज्ने एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आज र भोली नै वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले नेपाल बन्दको आव्हन गरेकाले यस क्षेत्रमा बन्दको दोहोरो मार परेको छ । बन्दको प्रभाव बिहानैदेखी देखिएको छ । पोखरा र आसपासमा गाडी गुडेका छैनन् भने शिक्षण संस्था, पसल, कलकारखाना सबै बन्द छन् ।
नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गर्दै हिन्दू राष्ट्र संरक्षण अभियानले दोस्रो चरणको आन्दोलन बन्द आव्हन गरेको हो भने ६ प्रदेशको सीमांकन विरोध र धर्म निरपेक्ष राष्ट्रको माग गर्दै ३३ दलीय मोर्चाले बन्द आव्हान गरेको हो ।
बन्दका क्रममा अत्यावश्यकीय वस्तुका सवारीसाधन प्रेस, एम्बुलेन्स, दूध तथा पानी बोक्ने गाडी लगायतलाई मात्रै चल्न दिईने बन्दकर्ताहरुले जनाएका छन् ।
Comments are closed.