हिन्दू राष्ट्र माग्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन

पोखरा, १४ साउन/ हिन्दू राष्ट्रको माग गर्दै पोखरामा दवावमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
पोखरास्थित ॐकार परिवारसँग सम्बन्धित संघसंस्था तथा बुद्धिजीवीहरुको बुधबार भएको बैठकले दबावमूलक कार्यक्रम गर्ने निर्णय गर्दै चरणबद्ध आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदामा उल्लेखित धर्मनिरपेक्ष शब्द हटाई अब बन्ने संविधानमा ‘सनातन हिन्दू राज्य नेपाल’ शब्द राख्नुपर्ने उनीहरुको माग छ ।
demand hindu dharna-072 (3)पहिलो चरणमा साउन १४ देखि २० गतेसम्म हुने दबावमूलक कार्यक्रममा पम्प्लेटिङ, शंखघण्टा जुलुस, कोणसभा, मोटरसाइकल ¥याली, धर्मसभा हुने हिन्दू राष्ट्र संरक्षण अभियान अध्यक्ष डा. लेखनाथ आचार्यले बताए । पहिलो दिन साउन १४ मा पम्प्लेटिङ र दिउँसो साढे ३ बजे पृथ्वीचोकस्थित हरिॐ भोजनालयमा पत्रकार सम्मेलन, साउन १५ गते छोरेपाटनबाट बिरौटासम्म शंखघण्टा जुलुस, साउन १६ गते अमरसिहचोकदेखि रामबजारसम्म शंखघण्ट जुलुस हुनेछ ।
साउन १७ गते सिद्धार्थचोकदेखि विन्ध्यबासिनीसम्म शंखघण्टा जुलुस, १८ गते बोलबम कार्यक्रमका साथ व्यानरसहित प्रदर्शन, १९ गते पोखरा र लेखनाथमा मोटरसाइकल ¥याली, २० गते चिप्लेढुंगामा बृहत धर्मसभा हुनेछ । भेलाले हिन्दू राष्ट्र संरक्षण अभियानका लागि डा. आचार्यको अध्यक्षतामा १८ सदस्यीय दवाव समिति गठन गरेको छ । बुधबार केदारेश्वर मन्दिरमा भएको भेलापछि निस्किएको जुलुसले शहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर एक घण्टासम्म नाराबाजीसहित धर्ना दिएको थियो ।

Comments are closed.