हिमाल आरोही शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी

 

 

 

काठमाडौँ, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढ्नुभएका आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

टाउको, कलेजोमा समस्या देखिएपछि एक हप्तादेखि न्युरो अस्पतालमा उपचार गराइरहनुभएका शेर्पालाई आज अस्पतालमा भेट गरी जानकारी लिनुभएको हो ।

स्वास्थ्यस्थितिबारे जानकारी लिँदै मन्त्री गिरीले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर मुलुकको इज्जतलाई उचाइमा पु¥याएको भन्दै शेर्पाको उपचारका लागि मन्त्रिपरिषद्मा समेत कुरा लैजाने स्पष्ट पार्नुभयो ।

सो भेटमा मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीको पनि उपस्थिति रहेको थियो ।

सोलुखुम्बुमा जन्मनुभएका शेर्पालाई ‘हिँउचितुवा’ को उपनामबाट समेत भनिन्छ । रासस

Comments are closed.