पोखरा २० भाद्र
हिसान कास्कीले आयोजना गरेको अङ्ग्रेजी भाषाको निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
गत भाद्र २ गते आयोजित प्रतियोगितामा विज्ञान संकाय तर्फ सगरमाथा मा.वि. का रितिका गुरुङ प्रथम, टप्स मा.वि.का सोनिया कुँवर द्वितीय, स्पाइरल ग्यालेक्सी मा.वि. का सनम क्षेत्री तृतीय र शिशु निकेतनका प्रेक्षा भट्टराई सान्त्वना भएका छन् । त्यसै गरी अन्य विधामा हिल प्वाइन्टका सारा बुजिमय, प्रतिभा मा.वि. का श्रुति पाण्डे द्वितीय, ज्योती कुञ्ज योगमाया थापा, र नेपाल टुरिजम होटल मेनेजमेण्ट कलेजका विराज श्रेष्ठ सान्त्वना भएको कार्यक्रम संयोजक एवं हिसानका सह–सचिव नारायण शर्मा चापागाइले जानकारी दिनुभयो । प्रा.डा. याम बहादुर क्षेत्री, प्रा.डा. राजेन्द्र तिवारी र भानु कँडेलको निर्णायक समितिले उक्त नतिजा सार्वजनिक गरेको हो । हिसानले आगामी २२ गते नेपाली भाषाको निबन्ध प्रतियोगिता गर्ने जनाएको छ ।
Comments are closed.