हेमजाका तिमिल्सिनाले कुल पूजा गर्ने

गोबिन्द तिमिल्सिना

हेमजा, २० मंसिर

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बसोबास गर्दै आएका तिमिल्सिना बन्धुले कुल पूजा गर्न लागका छन ।

मौद्गल्य श्रषिका सन्तती तिमिल्सिना बन्धुले कुल मन्दिरको निर्माण गरी आफना श्रषिको स्थापना संगै कुल पूजा गर्न लागेका हुन । उक्त कुल पूजा यहि मंसिर २६ गते पूर्णिमाको अबसरमा सञ्चालन गर्न लागिएको तिमिल्सिना कुल समिति हेमजाका अध्यक्ष हिमलाल तिमिल्सिनाले बताए । सोहि अबसर परि नव निर्मित मन्दिरको बिधिबत उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेस तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक तिलक प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कुल पूजा सञ्चालनबाट भातृत्व सदभाब फैलिनुको साथै सस्कृति संरक्षणमा जोड दिइ भाबी सन्ततीलाई एकीकृत गर्दै नैतिक आदर्श र चरित्रवान नागरिक निर्माण गर्ने उदेस्यका साथ पुजा सञ्चालन गर्न लागिएको हो ।

Comments are closed.