हेमजामा लैङगिक हिंस निउनिकरण सम्बन्धि प्रशिक्षण

गोबिन्द तिमिल्सिना

हेमजा, २० संसिर

सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा पोखरा २५ हेमजाको आयोजनामा लैङगिक हिंस निउनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम शुक्रबार हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वढा न. २५ का वढा अध्यक्ष शोभाकर तिम्सिनाले कार्यक्रमको सफल्ताको शुभकामना दिदै अहिले महिला हिसा घटेको र पुरुष हिसां बडेको बताए । सेवा केन्द्रका सदस्य रिता कार्की कुँवरले स्वगत गरि सुरु गरेको कार्यक्रममा पोखरा महानगरपालिका वढा न. २५ का वढा सदस्य तारा बि।क, वढा सदस्य जित ब. कार्की र महिला सञ्जाल हेमजाका अध्यक्ष रमा त्रिपाठी लगाएतले आफनो भनाइ राखेका थिए । प्रहरी नायब निरिक्षक सुमन निउरे र गिता रानाभाटले प्रशिक्षण दिएको कार्यक्रममा हेमजामा रहेका बिभिन्न आमा समुहका अध्यक्ष एवं प्रतिनिधि गरि ९० महिलाको सहभागिता रहेको थियो ।

सेवा केन्द्र हेमजाका अध्यक्ष बिष्णु बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य देबीप्रसाद अधिकारीले गरेका थिए ।

Comments are closed.