पोखरा,२३ चैत । विष्णुपादुका क्लव हेमजाको आयोजनामा आजदेखि पोखराको हेम्जामा छैटौं हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय प्रशाशन कार्यालय पोखराका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले गर्ने आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सव चैत्र २३ गते देखि २९ गते चल्नेछ ।
हेमजालाई व्यवसायिक कृषि ठाँउका रुपमा परिचत गर्दै विविध कृषि उत्पादनको प्रर्वद्धन तथा कृषि पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्नका लागि ३२ लाख ३५ हजार खर्च लाग्ने र ३३ लाख ३५ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको वेजोड प्रस्तुती, जापानीज सुन्तला प्रदर्शनी, कृषि प्रदर्शनी तथा सेती नदिमा र्याफ्टीङ, जिपलाईन फ्लायर र प्याराग्लाईडि·का लागि टिकट उपलब्ध गराईनेछ ।
महोत्सवमा करिब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सव भित्र वाहिर गरि करिव १२ करोडको आलुको कारोबार हुने अपेक्षा आयोजकको अपेक्षा छ । महोत्सवमा १२ वटा आलुका परिकारका स्टल, ५० वटा व्यवसायिक स्टल, ३० वटा कृषि प्राविधिक प्रर्शनी स्टल, एक वटा प्राथामिक उपचार केन्द्र, एक वटा सूचना केन्द्र स्टल गरि ९४ वटा स्टल रहने स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए ।
Comments are closed.