पोखरा १५ चैत /पोखरामा आइतबार भएका दुई छुट्टाछुट्टै बस दुर्घटनामा एक जनाको ज्यान गएको छ भने र ३२ जना घाइते भएका छन् । पोखरा उपमहानगरपालिका १७ महतगौंडामा माइक्रोमिनीबस दुर्घटना हुदाँ पोखरा १७ लामतारा बस्ने ४९ वर्षिय रुकमणी केसीको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । यसैगरी बाग्लुङदेखि पोखराका लागि छुटेको बस हेमजाको भोटे क्याप्प नजिकै पल्टीँदा १९ जना घाइते भएका हुन् ।
तित्याङदेखि पोखरा आउँदै गरेको १ ख १८१० नम्बरको माइक्रोबस महतगौडामा पल्टीँदा च्यापिएर घाइते भएका केसीलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटो मै ज्यान गएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते १२ जना यात्रुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको कास्क्ी प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।
लेखनाथ १७ भरतपोखरी बस्ने बर्ष २५ कि प्रमिला लामिछाने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसै घाइते हुनेह?मा कास्की पोखरा १७ भरतपोखरी बस्ने बर्ष ६१ कि चन्द्रकला थापा, लेखनाथ १६ बस्ने बर्ष ५५ का चुडामणी पौडेल, निर्मलपोखरी बस्ने बर्ष ४८ कि रमा आचार्य, पोखरा १७ बस्ने बर्ष २० कि सन्ध्या गुरुङ, पोखरा १७ बागमारा बस्ने बर्ष २२ कि आसा पौडेल, लेखनाथ १ भण्डारढिक बस्ने बर्ष ५५ का खेमलाल, भण्डारी, पोखरा २६ सराङकोट बस्ने बर्ष २३ कि बबिता बानिया, गोर्खा आसाङ ५ बस्ने बर्ष २५ कि ज्योति सिंखडा, कास्की पोखरा १७ लामाटार बस्ने बर्ष २७ कि गिता बानिया, लेखनाथ १२ ठुल्ढुंगा बस्ने बर्ष ३० कि माया नेपाली , लेखनाथ १२ बस्ने बर्ष ४५ कि गंगा आचार्य र कास्की हंशपुर ६ बस्ने बर्ष ५५ कि चन्द्रकला सुवेदी रहेको प्रहरीले जनाएको छ । बस चालक धादिङ्ग सुनौलाबजार १ घर भई पोखरा बस्ने ४२ वर्षिय भिमबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी बाग्लुङदेखि पोखराका लागि छुटेको ३५ जना यात्रुसहित ग १ ख ५४२५ नं को यात्रुवाहक बस पोखरा २७ हेम्जा भोटे क्याप नजिक पल्टिएको हो । जसमा १९ जना घाइते भएका मध्ये ११ जनाको मणिपाल शिक्षण अस्पताल र ८ जनाको सहारा अस्पताल पोखरामा उपचार भैरहेको छ । बस पल्टाउने कास्की पोखरा २७ हेम्जा बस्ने बर्ष ३० का कमल कुंवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते मणिपाल शिक्षण अस्पतालमा उपचार हुनेहरुमा पर्वत दुर्लुङ ३ बस्ने बर्ष ६७ कि निम कुमारी उपाध्याय, पर्वत तिलाहार २ बस्ने बर्ष ४६ को पदम बहादुर क्षेत्री, कास्की कास्कीकोट ४ बस्ने बर्ष ४५ कि टुकसरा राना, बाग्लुङ बलेवा ९ बस्ने बर्ष ७१ कि दिला देवी लामिछाने, पर्वत ठुलीपोखरी ३ बस्ने बर्ष २६ कि मन्जु परियार, संखुवासभा बाला ९ बस्ने बर्ष ५३ लिला राई, सोलु सेस्ताम ५ बस्ने बर्ष १६ को चमात राई, रोवर्टा नाम गरेका ईटालियन नागरिक, बाग्लुङ आर्जेवा २ बस्ने बर्ष १९ को सन्दिप थापा, बाग्लुङ जैवी ३ बस्ने बर्ष २४ का नगेन्द्र क्षेत्री, पर्वत दुर्लुङ ७ बस्ने बर्ष ११ कि छवि थापा मगर रहेका छन् ।
यसैगरी सहारा अस्पतालमा उपचार हुनेहरुमा पर्वत थापाथाना ९ बस्ने बर्ष २० को अमर ब. क्षेत्री, सोलुखुम्वु छिस्का ३ बस्ने बर्ष २० को हिमाल राइ, हेम्जा बस्ने बर्ष ३५ को गणेश खड्का, पोखरा २७ हेम्जा बस्ने बर्ष २ को आयुमा गुरुङ, सोही ठाउँमा बर्ष १८ की सुसिला सापकोटा, बाग्लुङ मालिका ८ बस्ने बर्ष ४८ को आत्मराम सापकोटा, पर्वत फलेवास खानीगांउ ६ बस्ने बर्ष २२ कि ईन्द्रदेवी शर्मा र पर्वत कुष्मा नगरपालिका १५ बस्ने बर्ष २१ कि शिला लामिछाने रहेको कास्की प्रहरीले जनाएको छ ।
Comments are closed.