पोखरा, १७ असार
देशका विभिन्न ठाउँमा स्तरीय
यातायात सेवा प्रदान गर्दै आएको
संजोग ट्राभल्सले पोखराको हेम्जादेखि
काठमाडौंसम्म सिधा बससेवा सुरु
गरेको छ । ट्राभल्सले बुधबारदेखि
२ वटा स्तरीय बसमार्फत हेम्जा–
काठमाडौं र काठमाडौं–हेम्जा रुटमा
डिलक्स बससेवा सुरु गरेको हो ।
हेम्जा र आसपासका क्षेत्रहरुबाट
सिधै काठमाडौं जाने यात्रुहरुलाई
मध्यनजर गर्दै यो सेवा सुरु गरिएको
ट्राभल्सका संचालक सनत कुमार
श्रेष्ठले बताए । ट्राभल्सले थप गरेको
दुईवटै बसमा पर्यटक बस सरहको
सुविधा उपलब्ध गराईएको उनको
दावी छ ।
यात्रुको सुविधालाई मध्यनजर
गर्दै ट्राभल्सले भाडामा समेत
बिशेष सहुलियत प्रदान गरेको छ ।
एसि जडान गरिएका अन्य डिलक्स
बसहरुले काठमाण्डौ पोखरा यात्रा
गर्दा ७ सय रुपैयाँ भाडा लिने गरेपनि
आफुहरुले हेम्जादेखि काठमाडौंसम्म
जम्मा ६ सय रुपैयाँ भाडादर तोकेको
श्रेष्ठले बताए ।
बसमा यात्रा गर्ने यात्रुहरुले
निःशुल्क पिउने पानी र पत्रपत्रिका
पढ्न समेत पाउनेछन् । हरेक दिन
बिहान ८ बजे हेम्जाबाट एउटा र
काठमाडौंबाट एउटा बस छुट्न
व्यवस्था मिलाईएको छ ।
“हामीले हेम्जा र आसपासका
यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै
सेवा सुरु गरेका हौं ।” श्रेष्ठले पोखरा
हटलाइनसँग भने– “सस्तो भाडामा
यात्रुहरुले काठमाडौंसम्मको यात्रा
गर्न पाउनेछन् । अन्य पर्यटक बसमा
हुनेसरहको सुविधा हाम्रा गाडीमा
उपलब्ध गराएका छौं ।”
नयाँ थप गरिएको गाडीको मूल्य
एउटाको करिब ७० लाख रुपैयाँ पर्ने
उनको भनाई छ ।
ट्राभल्सले यसअघि पोखरा
काठमाडौं, पोखरा चितवन, पोखरा
लुम्बिनी, भिमाद काठमाडौं, वालि·
काठमाडौं लगायतका शहरमा
स्तरीय बसमार्फत् यातायात सेवा
प्रदान गर्दै आएको छ । देशभरी गरी
अहिले ट्राभल्सले २२ वटा बसहरु
सञ्चालन गरिरहेको छ ।
Comments are closed.