जसले पालेको गोरुले जित्छ उसैले हार्ने गोरु लैजाने
२ माघ – नुवाकोटको तारुका र बेत्रावती बासिन्दाले माघे संक्रान्तिको अवसरमा गोरु जुधाएर मनोरन्जन लिएका छन् । हरेक वर्ष माघे संक्रान्तिमा तारुका र बेत्रावतीमा गोरु जुधाउने गरिन्छ ।
तारुका–५ चन्दनीमा माघे सक्रान्तिको अवसरमा बिहीबार १६ हल गोरु जुधाईएको हो । गोरु जुधाई रमाइलो मात्रै नभएर प्रतियोगिता पनि हो । प्रतियोगितमा जसले पालेको गोरुले जित्छ उसैले हार्ने गोरु लैजाने चलन छ ।
प्रतियोगितमा विष्णुमान श्रेष्ठले पालेको गोरुले जितेको छ । विष्णुमानले पालेको गोरुले मदन श्रेष्ठले पालेको गोरुलाई पराजित गरेको हो । विजयी गोरुका धनीलाई दुई हजार र हार्ने गोरुका धनीलाई १५ सय रुपैयाँ प्रदान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर वखरेलले जानकारी दिए ।
तारुकामा गोरु जुधाईको ऐतिहासिक प्रमाण नभेटिए पनि स्थानीयबासिन्दाका अनुसार साढे दुई सयवर्ष भन्दा पहिलेदेखि नै गोरु जुधाएर मनोरञ्जन लिनेगरिएको थियो । २०६१ सालबाट भने व्यवस्थित गरि एकै थलोमा जुधाउन थालिएको हो ।
Comments are closed.