पोखरा, २९ जेठ
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ ड्यामसाइडस्थित होटल मोनालिसाका सञ्चालक, समाजसेवी विमल सेरचन निधन भएको छ ।
केही समय अघिदेखि रक्तचापको समस्या रहेको ६८ वर्षिय शेरचनको उपचारकै क्रममा काठमाण्डौंस्थित ग्राण्डी हस्पिटलमा आइतवार निधन भएको हो । हृदयघात भई ग्राण्डीमा उपचारकै क्रममा उहाँको आइतवार बेलुकी ७ बजे निधन भएको हो ।
एक छोरा, एक छोरीको बुबा स्वर्गीय सेरचनको अन्त्येष्टि असार १ गते गरिने भएको छ ।अमेरिकाबाट छोरा १ गते पोखरा आइपुगेपछि अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
यसै विच हिमाली साँस्कृतिक परिवारले शेरचनको निधनमा शोक व्यक्त गरेको छ । परिवारका मानार्थ सदस्य शेरचनको दुखद निधनले हिमाली साँस्कृतिक परिवारको अभिभावक गुमाउनुपरेको भन्दै परिवार मर्माहत भएको अध्यक्ष मेनकाजी गुरुङद्धारा जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।
Comments are closed.