पर्यटन पवद्र्धन गर्न लगानी आवश्यक

पोखरा, १५ भदौ ।
पोखराको पर्यटन पवद्र्धन गर्नका लागि लगानीका क्षेत्रलाई विकास गर्ने कुरामा पोखरामा आयोजित एक कार्यक्रममा पर्यटन व्यवसायीहरुले जोड दिएका छन । टे«किङ्ग इक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको १९ औ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनमा बुधवार पोखरेली पर्यटन व्यवसायीहरुले यस्तो वताएका हुन । प्र्यटन व्यवसायमा रहेका चुनौती हरुलाई पार गर्नका लागि पनि उल्लेखनिय लगानी आवश्यक रहेको तथा योजनावद्ध विकासको खाँचो रहेको कुरामा उनीहरुले जोड दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आन्नदराज मुल्मीले छिमेकी मुलुक भारत र चिनको दाँजोमा पर्यटन व्यवसाय खस्किएको उल्लेख गर्दै भने ‘मित्र राष्ट्र श्रीलंका र वंगालादेश पनि पर्यटनको क्षेत्रमा १०÷१० प्रतिशतका दरले वृद्धी भएको अवस्थामा नेपालको खस्किनु सोचनिय रहेको छ ।’ उनले पर्यटन विकासका लागि एकिकृत पहलको आवश्यता रहेको वताउँदै नेपाली व्राण्डका उत्पादनमा विशेष जोड दिनु पर्ने कुराऔल्याए । कार्यक्रममा पोखरा पर्यटन पुर्नउत्थान समितीका संयोजक गणेश बहादुर भट्टराइले पोखराका सामाजिक संस्थाहरुमा सामाजिक भावना र संबेदनशिलता हराएको तथा कार्य गर्ने शैलीका कारण फेवाताल कुरुप बन्दै गएको बताए । उनले पर्यटन विकासका लागि सवैको पर्यटन संस्थाका विच एकता आबश्यक रहनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सदस्य अग्नी कंडेलले पर्यटन व्यवसायलाई मर्यादित बनाउन तथा नेपालको अर्थतन्त्र संग जोड्न उत्पादन मुखी उद्योगमा अगाडी वढनु पर्ने बताए । tesaपोखरा उद्योग वाण्ज्यि महासंघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले व्यवसायी विचको अस्वस्थ प्रतिष्पर्धा लाई हटाउँदै पोखरेली व्यवसायीले खेप्नु परेको अस्वभाविक घर भाडालाई मापदण्डमा ल्याउनु पर्ने बताए । पर्यटन परिषदका सदस्य बासु देव त्रिपाठीले पोखराको पर्यटन विकासका लागि पोखरा उद्योग वाणिज्य संघमा सक्षम नेतृत्व आवश्यक रहेको कुरा तथा फेवाताल लगाएत अन्य प्राकृतिक सम्पदाको सुरक्षा र विकासका लागि एकिकृत निती तर्जुमा गर्न अवश्यक रहेको कुरामा जोड दिए ।

Comments are closed.