होण्डा सिटीको टच स्क्रिन आयो

Gray-Honda-City-Price-in-Pakistan-2015-New-Model-Features-Specs-Shape-Pics (1)एजेन्सीहरु,
नेपालमा युवतीहरुले बढी पराउने कार होण्डा सिटीको नयाँ भर्सन भिएक्स आएको छ । हाल भारतिय बजारमा आएको यो गाडीको मूल्य त्यहाँ १७ लाख रुपैया नेपाली तोकिएको छ ।  नेपालमा आउँदा यसको मूल्य पचास लाखको हाराहारीमा पर्नेछ । ग्राहकको रोजाइ अनुसार डिजल र पेट्रोल दुबै अप्सनमा यो गाडी ल्याइएको कंपनीले जनाएको छ ।

होण्डा सिटीको अडियोमा टच स्क्रिन नरहेकोमा, यसमा करिब १६ इञ्चको भिडियो सहितको टच स्क्रिन अप्सन जडान गरिएको छ ।  नयाँ गाडीको फिचर्समा सीडी तथा डिभिडी प्लेयर, एमपी थ्री, आइ पोड, ब्लुटुथ, युएसबी र एयूएक्सको कनेक्शन रहेको छ । टच स्क्रिनमा क्यामपरा डिस्प्लेको सुबिधा एडभान्स सुबिधाका रुपमा थपिएको कंपनीले जनाएको छ ।

Comments are closed.