पोखरा ७ साउन । पोखरामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा साउन दोस्रो साता प्रतियोगिता आयोजना गर्न लागेको । साउन १६ देखि संचालन हुने प्रतियोगतामा पश्चिमाञ्चलका विभिन्न क्षेत्रका ८ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए । हप्तामा एक दिनमात्रै हुने प्रतियोगता चार महिनासम्म चल्ने छ ।
प्रतियोगितामा अहिलेसम्म कास्कीबाट ३ टिम र स्याङजा, तनँहु र बाग्लुङ्गबाट एकएक गरी ६ टिमले टिम दर्ता गरिसकेको खत्रीले जानकारी दिए । कास्कीबाट माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, एनएमएआरए र तनँहुबाट कालीका क्रिकेट क्लब, बाग्लुङ्गबाट धौलागिरी क्रिकेट क्लब र स्याङजाबाट एक टिमको सहभागीता रहने बताइएको छ ।
प्रतियोगिताका बिजेताले नगद १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्म्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट क्याच लगाएतका विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ३८ हजार लाग्ने अनुमान गरिएको छ ।
Comments are closed.