१८ दिन देखी न्यायको लागी पैदल हिडेका १५ जनालाई गल्छी गाउँपालिकाद्धारा खाना र बस्ने व्यबस्था

घरेलु हींसामा ज्यान गुमायका महिलाका हत्यारालाई स्थानिय प्रशासन बाट सजाय नभयको भन्दै बीरगंज बाट पैदल हिडेर शिहंदरबार जान लागेका १५ जना पैदल यात्रीलाई हामिले पृथ्वी राजमार्गको कुरीनटारमा भेटेका थियौ,

हामीले हाम्रो फेसबुक पेज मार्फत उनीहरुको समस्या जस्ताको तस्तै सम्बंधित निकायलाई पुर्‍याउन प्रयास गर्‍र्यो । गत असोज १ गते देखि बिरोध स्वरुप पैदल यात्रा शुरु गरेका उनिहरु १९ दिन सम्म लगातार राजमाार्गको चर्कोे घाममा हिडिरहेका छन् उनिहरुले यो १९ दिनसम्म धेरै स्थानिय निकायहरु कटेर यहाँ सम्म आइपुगेका भयपनि कुनै  जन प्रतिनिधि को ध्यान केन्द्रित भएन तथापि हामि फर्कने क्रममा पनि उनिहरुलाई गल्छी पालिकाका आसपास भेट्दा उनिहरुको खाना,बस्नको राम्रो व्यबस्था नभएका कारण शारिरिक समस्याहरु ह्ुन थालि सकेको रहेछ, त्यसपछि हामिले गल्छी गाउँपालिकाका उपप्रमुख श्री राधा तिमील्सीनालाई खबर गरेपछी वहाँले १५ जना पिडितहरुको लागी गत साझँ खाना र बस्नको ब्यवस्था गर्नु भयो जनप्रतिनिधी गल्छी गाउँपालिका उपप्रमुख राधा तिमिल्सीना ज्यूलाई हाम्रो तर्फबाट धेरै¬ धन्यवाद ।

Comments are closed.