विश्व मधुमेह दिवसको अवसरमा शनिबार भएको शिविरमा म१ हजार ७० जनाको सित्तैमाधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी)जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का १५ लायन्स क्लब र लायन्स पोखरा पिस टाउनको संयुक्त आयोजनामा शिविर भएको हो ।
कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा नवराज पौडेलले विभिन्न रोगबारे प्रकाश पारे । उनले मधुमेह, टिजी, एलडिएल जस्ता जाँच समय समयमा गर्ने, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे । रोगले थला परिसकेपछि स्वास्थ्य संस्थामा पुग्ने बानी परिवर्तन गर्दै रोग नलाग्दै समय समयमा जाँच गर्ने बानी विकास गर्न सके मानिसको स्वास्थमा ठूलो सुधार हुने बताए ।
लायन्सका डाइबेटिज डाइबेटिज डिपार्टमेन्ट चिफ धनीराम बरालले लायन्सले आँखालाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै अब मधुमेह न्यूनीकरणमा जोड दिने उल्लेख गरे । उनले भने, ‘अब शिविर, सचेतना जस्ता कार्यक्रम गरी मधुमेह न्यूनीकरण हाम्रो प्राथमिकता हो ।’
शिविरमा अन्य ¬सबै प्रकारका रक्त परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपालीहरु मधुमेह र मुटुरोगबाट पीडित हुने क्रम नाटकीय रुपले बढेकाले यी रोगका परीक्षण सित्तैमा उपलब्ध गराउन शिविरहरु गर्दै आएको बताए । युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना कालदेखि नै गर्दै आएका शिविरमध्ये यो ७७ औ हो । यस्ता शिविरबाट ५८ हजारभन्दा बढीले सेवा दिइसकेका छन् ।
लायन्स क्लस्टर १६ का प्रमुख अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सनहरु ऋषि गिरी र विष्णु बराल, लायन्स गण्डकी स्टेट अध्यक्ष शिवराज गौतमले पनि बोलेका थिए ।
Comments are closed.