२३ वर्षपछि पुरा भयो ज्याक्की च्यानको सपना !

२३ वर्ष पहिले चिनियाँ मुलका हलिउड कलाकार ज्याक्की च्यानले पहिलोपटक ओस्कार अवार्ड देखेका थिए र त्यतिबेला नै उनले स्व.घोषणा गरेका थिए कि,‘म यो अवार्ड पाएरै छाड्नेछु ।’
उनको यो स्व.घोषणा २३ वर्षपछि शनिबार गर्भनर अवार्डमा साकार भएको छ । ज्याक्कीलाई गर्भनर अवार्डमा आफ्नो जीवनको दशकौं समय चलचित्र क्षेत्रलाई समर्पित गरेको र विश्व चलचित्र क्षेत्रलाई उचाइमा पुर्याउन निकै महत्वपूर्ण योगदान पुर्याएको भन्दै मानार्थ ओस्कार अवार्ड प्रदान गरेको हो ।
अवार्ड प्राप्त गरेपछि च्यान निकै हँसिलो मुद्रामा देखिएका थिए । अवार्ड समारोहमा उनले आफ्नो मातृभूमी हङकङलाई धन्यावाद् दिंदै आफुलाई मनपराइदिने र साथ दिनेहरुप्रति आभार प्रकट गरे ।jacky-chan

Comments are closed.