१२, असोज
पोखरा उपमहानगर पालिका वडा नं १६ मा रहेको बाटुलेचौर स्वास्थ चौकीको स्तरोन्नती र मातृशिशुु मितेरी अस्पताल (पोखरा–कोमागाने) लाई समायोजन गरी स्वास्थ मन्त्रालय अन्र्तगतको २५ शैयाको जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको बुधबार माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालले महिला, वालवालिका र विशेषत गर्भावस्था देखि बाट नै २ वर्ष नपुगिञ्जेल सम्मको सुनौला हजार दिन सम्म संवेदन शिल हुने भएकाले उक्त अवधिसम्म अत्यावश्यक सेवा पु¥याउनेमा आफू विश्वस्त भएको उल्लेख गर्नुभयो । उहाँले गर्भाअवस्थाबाट नै उत्पन्न हुने असल, सक्षम र उत्तर दायी नागरिक अस्पतालको सेवा विस्तार हुनेमा आशाबादी रहेको बताउनुभयो । कार्यक्रममा पुर्व स्वास्थमन्त्री खगराज अधिकारी, लगायत अस्पताल सञ्चालन समितिका पदाधिकारी तथा सदस्यहरु र संस्था स्थापनाकालका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । वि.स २०६९ साल असोज २२ गते स्थापना भएको अस्पतालमा हाल दैनिक रुपमा ४० देखि ५० जना सम्मलाई डेलिभरी सुविधा उपलब्ध गराईदै आइरहेको छ। प्रसुती सेवाका लागि बाटुलेचौर, लामाचौर, अर्मला, भलाम, हेमजा, घार्मी लगायत अन्य आसपासका गाविस तथा वडाहरु बाट विरामीहरु आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेमराज पंगेनीले जानकारी दिनुभयो । गत साल असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले तत्कालिन स्वास्थमन्त्री खगराज अधिकारीको विशेष पहलमा अस्पतालको स्तरोउन्नती गर्ने र २५ शैयाको जिल्ला स्तरको अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पताल निमार्णका लागि पोखरा उपमहानगरापलिका, स्थानीय निकाय स्रोत साधनको परिचालन तथा जापानको कोमागाने नगरपालिका, सिटीजन एसोसियसन फर नेपाल एक्सचेन्ज, जापान राजदुत कार्यालय लगायत जाइका संयुक्त कार्यक्रम अन्र्तगत मातृशिशु मितेरी अस्पताल सञ्चालनमा आएको हो ।
Comments are closed.