कास्की १७ साउन/ कास्कीका विभिन्न ठाउँमा गएको पहिरोमा बेपत्ता चार जना अझै भेटिएका छैनन् । पहिरोमा वेपत्ता लुम्लेमा १ र भदौरेमा ३ गरी अझै ४ जना रहेका हुन् । यसअघि लुम्लेमा वेपत्ता हुनेको संख्या ६ भनिएपनि नाम रुजु गर्दा अब १ जना मात्र रहेको कास्की प्रहरीले बताएको छ । लुम्लेमा अब ५ बर्षीया कविता शेर्पा मात्रै वेपत्ता रहेको कास्कीका डिएसपी केदार रजौरेले बताए । त्यस्तै, भदौरेको पहिरोमा परेर ५ वषिर्य विश्व पराजुली, १० महिनाका किस्मत सुनार र १० बर्षका मनबहादुर विक वेपत्ता छन् । उनीहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने वेपत्ताहरुको खोजी कार्य प्रभावकारी नभएको गुनासो गरेका छन् । उनीहरुले प्रहरीले खोजतलास गरिरहेको भएपनि श्रोत र साधनको अभावमा खोजी कार्य प्रभावकारी नभएको बताएका हुन् । स्थानीयवासी तथा मुक्ति समाज कास्कीका अध्यक्ष दामबहादुर विश्वकर्माले श्रोत र साधन बिनाको खोजि कार्यले वेपत्ता भेट्न मुश्किल हुँदै भने,‘प्रहरी आएर खोजतलास गरिरहेका छन् तर आवश्यक श्रोत र साधन छैन, अनि कसरी भेटिन्छ शव ? हामी खोजी कार्य प्रभावकारी बनाउन आग्रह गछौं ।’
Comments are closed.