अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले आइतबारदेखि नै आन्दोलन फिर्ता लिएको जानकारी दिए । उनले भने, ‘क्रियात्मक आन्दोलन फिर्ता लिएका छौं, सहमति कार्यान्वयनका लागि दवावमुलक कार्यक्रम भने जारी हुन्छ ।’ यसअघि निजी विद्यालय सन्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए । क्रान्तिकारीका अध्यक्ष मल्लले आफूहरुले राखेका माग आंशिक सम्वोधन भएकाले आन्दोलन फिर्ता लिइएको बताए ।
शैक्षिक क्यालेण्डर समायोजन गर्न निर्देशन
शिक्षा मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर भूकम्प प्रभावित जिल्लामा प्रभावित भएको शैक्षिक क्यालेण्डरमा समायोजन गरी पाठ्यसामग्री पठन पाठन पूरा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
भूकम्पबाट आमा बुवा गुमाएका २०० बालबालिकाहरुलाई पालन पोषणसहित शिक्षादिक्षाको निःशुल्क व्यवस्था एसओएस भिलेज नेपाल सानोठिमी भक्तपुरमा मिलाइएको छ । अभिभावक विहीन बालबालिकाहरुले पालन पोषणसहित निशुल्क शिक्षाको लागि जिल्ला शिक्षा कार्यालय काठमाडौं र शिक्षा विभागमा सम्पर्क गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । त्यसको लागि जिल्ला बालकल्याण समितिको सिफारिससहित सहजिकरणको भूमिका खेलिदिन मन्त्रालयले सम्वद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।
हेर्नुस् मन्त्रालयको विज्ञप्ति
Comments are closed.