लमजुङ,
“बालबालिकामा लगानी ,सुनिश्चित भविष्यको थालनी !” भन्ने मुल नाराका साथ मिति २०८० भदौ २९ गते शुक्रबार मध्यनेपाल न.पा. -३ सुर्यपाल, लमजुङमा अवस्थित श्री राम वालोदय आधारभूत बिद्यालय मा ने.जु.रे.स. रामवालोदय शिक्षक नायक रामकुमार श्रेष्ठ को संयोजन र सञ्चालनमा बाल कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम बिद्यालय का नि. प्र.अ. मनमाया साखी को अध्यक्षता मा शिक्षक श्री रामकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे ।
बालक्लव सह संरक्षक शिक्षिका सपना नेपाली को स्वागत मन्तव्य र बाल अधिकार र कर्तव्य माथि को आफ्नो बिचार , बाल क्लव संरक्षक शिक्षिका अनिता शर्मा सेढाई को नेपालमा वर्तमान बाल श्रमको अवस्थामा मन्तव्य, ने.जु.रे.स. शिक्षक सहनायक सीता थापाको स्वयम् सेवामा बाल सहभागीता बिषयमा भनाई,ने.जु.रे.स. शिक्षक नायक रामकुमार श्रेष्ठ को नेपालमा बालबालिकाको अवस्था र हाम्रो दायित्व बिषयमा भनाई र बाल अधिकार संम्बन्धी मुक्तक ,नि.प्र.अ. मनमाया साँखी को राष्ट्रिय बाल दिवस प्रतिको दृष्टिकोण ,मुल्यांकन समिति संयोजक अर्चना अधिकारी पौडेल को बालबालिका प्रति शिक्षक र अभिभावकको दायित्व बिषयमा आफ्नो बिचार प्रस्तुत गरिएको थियो ।
बाल कविता प्रतियोगिता को निर्णायक समिति संयोजक मा अर्चना अधिकारी पौडेल ,सदस्य हरुमा अनिता शर्मा सेढाई र मनमाँया साखी रहनु भएको थियो भने कार्यक्रमको संयोजन र सञ्चालन शिक्षक रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।सहभागी बिद्यार्थीहरुमा अभिषेक न्यौपाने कक्षा ४,कृषा नेपाली कक्षा १,दिनेश नेपाली कक्षा ४,सक्षम दुलाल कक्षा ४,सुशील नेपाली कक्षा ७,सुविन गोतामे कक्षा ४,अस्मिता नेपाली कक्षा १,एलिना नेपाली कक्षा ५,पारस परियार कक्षा ७,जेनिशा रेग्मी कक्षा ५,रश्मि श्रेष्ठ कक्षा ६ र रोशन श्रेष्ठ कक्षा ४ रहेका थिए ।जसमध्ये प्रथम एलिना नेपाली कक्षा ५,द्दित्तीय जेनिशा रेग्मी कक्षा ५,तृतीय सुशील नेपाली कक्षा ७ र सान्त्वना रश्मि श्रेष्ठ कक्षा ६ हुनुभएको थियो ।कार्यक्रममा बालदिवसको अवसरमा बिद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिय ।यश क्रममा एलिना नेपाली कक्षा ५ नृत्य ,अञ्जना नेपाली कक्षा ८ बालअधिकार संम्बन्धि लेख, अविना परियार ३ र कृषा नेपाली कक्षा १ ले नृत्य ,सुशील नेपाली ले गीत गायन र जेनिशा रेग्मी कक्षा ५ र एलिना नेपाली कक्षा ५ ले नृत्य समेत प्रस्तुत गरेका थिय। बाल दिवसको नारा नारामा मात्रै सिमित हुन नहुने बालबालिका को हक हित अधिकार को लागि सरकार समेत मौन रहन नहुने स्वयम् सेवामा बालबालिका प्रेरित हुन सक्ने जस्ता बिषयबस्तु लाई कविता का माध्यम बाट बिद्यार्थीहरु ले कविता मार्फत प्रस्तुत गरेका थिय।यी र यस्ता कार्यक्रम हरुले बिद्यार्थी को सिर्जनात्मकता मा थप हौसला प्रदान हुने बिस्वास तथा सिर्जनात्मक कार्यक्रम हरु ले निरन्तता पाउने अपेक्षा बिद्यालय परिवार गर्दछ।
Comments are closed.