६०० एम्पुल लागू औषध सहित ३ जना पक्राउ

१८ गते साँझअन्दाजि साढे सात बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा तनहुँबाट पोखरा तर्फ आउदै गरेको बसमा लागू औषध बरामद गरेको छ। उक्त बसमा यात्रा गर्ने ३ जना यात्रुहरु बाट कुल ६०० थान लागु औषध फेला परेको हो। नवलपरासी बर्दघाट न.पा. १२ बस्ने २६ वर्ष को अमित शर्मा बढै,  बर्दघाट न.पा. वडा नं.१३ बस्ने २६ वर्ष को गोपी लोनिया र सोहि ठाउं बस्ने २२ वर्ष  को प्रदिप बानियाको साथबाट लागू औषध डाईजापाम-२०० एम्पुल, फेनेरागन-२०० एम्पुल र नुर्फिन–२०० एम्पुल गरी जम्मा-६०० एम्पुल लागू औषध र १ थान मोबाईल फेला परेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्किको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

Comments are closed.