बिबिस
जर्मन, बैशाख ११ गते
एक ६५ बर्षिय जर्मनकी शिक्षिका एनेग्रेट रौनिक चार बच्चाकी आमा हुने भएकी छन् ।
बिबिसीका अनुसार रौनिकको २१ हप्ताको गर्भ रहेको छ र उनी र बच्चा स्वस्थ छन् । बच्चा पाउने बेला सम्म उनको स्वास्थ्यमा कुनै गडबड नभएमा, रौनिकले चार बच्चा जन्माउने सबैभन्दा बढी उमेरकी महिलाको रुपमा रेकर्ड बनाउने छन् ।
अझ रोच तथ्य त के छ भने उनी यसअघिनै १३ जना बच्चाकी आमा हुन् । उनले पछिल्ले सन्तानका रुपमा १० बर्ष अघि छोरी जन्माएकी थिइन् ।
यसअघि सबैभन्दा बढी उमेरमा बच्चा जन्माउने महिलाको रेकर्डमा स्पेनकी मारिया डेलको नाम दर्ज भइसकेको छ । उनले सन् २००६ मा ६६ बर्षको उमेरमा जुम्ल्याहा जन्माएकी थिइन् ।
महिलाको उमेर सामान्यता ३५ बर्ष पुगेपछि, उनीहरुको अण्डकोषले उत्पादन गर्न धेरै कम गर्छ । तर सबै महिलामा यो कुरा लागू भने हुन सक्दैनन ।
बर्मिघम महिला अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर सु एवरीका अनुसार बढी उमेरका महिलाहरुका लागि गर्भाधारण जटिल प्रकृया हो । यस्तो बेलामा सावधानी अपनाउनुपर्ने हुन्छ । उनका अनुसार जवान युवतीको अण्डा प्रत्यारोपण गरेर यो संभव छ ।
गर्भधारण गर्न सक्षम उमेर समूहका युवतीहरुबाट, अण्डा प्रत्यारोपण गरेर पुरुष शुक्राणुको मिलन गराएपछि पनि उमेर कटेका महिलाहरुका लागि हार्मोन इस्ट्रोजेन थेरापीको आवश्यकता पर्दछ । जसले गर्भासयको ढोका भ्रुण उत्पादनका लागि तयार हुनका लागि सघाउ पुग्छ ।
भ्रुणको बिकासका लागि पनि उमेर बढी भएका महिलाहरुमा हर्मोन बाहिरबाट दिनुपर्ने हुन्छ । जर्मन महिलाको हकमा पनि अहिले सम्म बच्चाहरु स्वस्थ रहेपनि, समय पुग्ने बेला सम्म कति वटा जिवित रहन्छन् ? भन्ने कुरा सबैभन्दा जोखिमको कुरा हो ।
Comments are closed.